इंग्ल्याण्डले उपाधि जित्छ कि ! : तुलसीराम गौतम सिईओ सेञ्चुरी बैंक

काठमाडौँ। फिफा विश्वकप फुटबलले विश्वब्रमाण्ड तताइरहेको छ । किनकी विश्वकप  नै त्यस्तो खेल हो जुन साउदी अरबियादेखि ब्राजीलजस्ता राष्ट्रका खेलाडी सहभागी हुने एकमात्रै खेल हो ।

यही विश्वकपको रौनकले नेपालका खेलाडीलाई पनि कम्ती छोएको छैन । खेलप्रेमी, समर्थक मात्र होइन जहिल्यै हिसाबकिताब र नाफाघाटामा सोचमग्न हुने बैंकरहरुको ध्यान पनि तानेको छ ।

 रसियामा जारी फिफा विश्वकपका खेलहरु लगभग अन्तिम चरणमा आइपुग्दा सबै खेलप्रेमी समर्थकहरु उत्साहित भइरहेका छन् ।

मंगलवार राति देखि सेमिफाइनलका खेलहरु शुरु हुँदैछन् । आजरातिको पहिलो अन्तिम चारको खेलमा फ्रान्सले बेल्जियमसँग प्रतिस्पर्धा गर्दैछ । 

यसैबीच सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत ‘सिईओ’ तुलसीराम गौतमले यस पटकको विश्वकप इंग्ल्याण्डले जित्न सक्ने बताएका छन् ।

‘मलाई आफू ठ्याक्कै यही टिमको समर्थक भन्न रुचाउन्न । समय मिलाएर वल्र्डकप हेरेको छु ।’ प्रायजसो पहिलो गेम टिभी स्क्रिनबाटै नियालेका उनले अरु खेलहरु युट्युवबाट हेरेका छन् । उनले यसपटकको विश्वकपमा ब्राजिल, अर्जेन्टिना र इंग्ल्याण्डको खेल हेरेका छन् । म यी टिमको पहिले देखि नै समर्थक थिएँ, र मलाई यी तीनै टिम नै राम्रो लाग्छ । व्यस्तताका कारण अहिले त्यति फुटबल हेर्न पाएको छैन ।’ 

‘कलेज पढ्दा त झन् खुबै फुटबल खेलिन्थ्यो, युवावस्था सम्झिँदै उनी मुस्कुराए र थपे, ‘म जहिले बेस्ट स्कोरर हुन्थेँ ।’ 

उनले रुचाएका यी तीन टिममध्ये अब ईङ्ल्याण्ड मात्रै बाँकी छ । उनले थपे, ‘राम्रो टिम जति सबै विश्वकपबाट बाहिरिएकाले नयाँ एक टिमले उपाधि जित्न सक्छ ।’ 

विद्यार्थी समय देखि नै फुटबल खेल प्रति रुचि भएकोले उनी अन्तरविद्यालय तथा अन्तरकलेज प्रतियोगितामा मिलेसम्म खेल्थे । त्यतिबेला राम्रा ग्राउण्ड, खेल नियम, टिम गाउँमा थिएनन् । यद्यपी हामी साथीभाई मिलेर खेल्थ्यौँ । 

‘सुपर स्टार खेलाडीलाई जहिले पनि खेल फिनिसिङ र गोल गर्नैपर्ने दबाव हुन्छ, नेयमारलाई पनि त्यस्तै भयो, चर्चित खेलाडीले गोल गर्न नसक्दा चौतर्फी आलोचना हुनु स्वभाविक हो, नेयमारले विश्वकपमा सोचेअनुरुप खेल खेल्न सकेनन् र सहानुभुतिका लागि मात्र भएपनि मैदानमा धेरै लडिरहेको मेरो अनुमान छ ।’

‘कलेज पढ्दा त झन् खुबै फुटबल खेलिन्थ्यो, युवावस्था सम्झिँदै उनी मुस्कुराए र थपे, ‘म जहिले बेस्ट स्कोरर हुन्थेँ ।’ 

पाँच पटकको विश्वविजेता ब्राजिल र अर्जेन्टिना बाहिरिँदा मन चसक्क भएको उनले बताए । ब्राजिलका स्टार नेयमार उनलाई मनपर्छ ।

तर नेयमारले यसपटकको खेलमा बढ्ता नाटक देखाए भनेर चर्को आलोचना भईरहेको छ नि ?

प्रश्न सुन्नेबित्तिकै उनी भन्छन्, ‘सुपर स्टार खेलाडीलाई जहिले पनि खेल फिनिसिङ र गोल गर्नैपर्ने दबाव हुन्छ, नेयमारलाई पनि त्यस्तै भयो, चर्चित खेलाडीले गोल गर्न नसक्दा चौतर्फी आलोचना हुनु स्वभाविक हो, नेयमारले विश्वकपमा सोचेअनुरुप खेल खेल्न सकेनन् र सहानुभुतिका लागि मात्र भएपनि मैदानमा धेरै लडिरहेको मेरो अनुमान छ ।’

२१ औं संस्करणसम्म आइपुग्दा यसपटकको उपाधि युरोपियन राष्ट्रमा नै जानेछ ।

बलियो मानिएको चारवटै टिममध्ये कुन एक टिमले उपाधि जित्नेछ त्यो भने हेर्न बाँकी नै छ । 
फाईनल कहाँ कसरी हेर्नुहुन्छ ? 

उनले हाँस्दै भने, ‘समयमा भर पर्छ । मध्यरातमा उठेर हेर्दिनँ । छिट्टै भयो भने परिवारसँग अवश्य हेर्छु।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?