थाहा पाउनुस्, भोक लाग्दा किन रिस उठछ?

वैज्ञानिकले यो कुराको पत्ता लगाएका छन् कि, हामीलाई भोक लाग्दा साथसाथै रिस किन उठ्छ?

वैज्ञानिकका अनुसार जीव विज्ञानको परस्पर क्रिया, व्यक्तित्व र आसपासका माहोलका कारण भोक लागेका बेला रिस उठ्ने गर्छ ।

अमेरिकाको युनिभर्सिटी अफ नर्थ केरोलाइनाकी जेनीफर मेकोर्माकका अनुसार, कहिलेकाहीँ भोक लाग्दा हाम्रो भावना र अरुका बारेमा पनि विभिन्न विचारहरु आउने गर्छन् ।

इमोशन जर्नलमा प्रकाशित अध्ययनका मुख्य लेखक मेकोर्माकका अनुसार ४ सयभन्दा बढी व्यक्तिसँग अनुसन्धान गरिएको थियो, त्यसमा धेरैलाई भोकै हुँदा रिस उठ्ने बताएका थिए । तर, कति रिस उठ्ने भन्ने कुरा व्यक्तिको भावनात्मक जागरुकताको स्तरमा पनि तय हुन्छ ।

त्यस्ता व्यक्तिलाई भने भोक लागेपनि रिस उठ्ने सम्भावना निकै कम हुन्छ, जसलाई रिसलाई भावनात्मक रुपमा राम्रोसँग बुझेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?