काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ ।
सो सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र आईसीआईसीआई बैंकको नेपालका लागि प्रमुख प्रतिनिधि रन्जनकुमार थापाले आदान प्रदान गरेका छन् ।
उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तरबैंक भुक्तानीका साथसाथै क्यूआर भुक्तानी गरी दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायारा विस्तार गर्न सहज बनाउनेछ ।
साथै, यो सम्झौताले दुई बैंकबीच मानव संशाधन, प्रविधि र सञ्चालनलगायतका विविध क्षेत्रमा ज्ञान आदान प्रदान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया