राइड सेयरिङमा नयाँ आयाम थप्दै ‘साहारा’

लोकपथ
35
Shares

काठमाडौं । लोकप्रिय राइड सेयरिङ एप ‘साहारा एप’ ले राइडरसँग कमिसन नलिने घोषणासँगै राइडरको आकर्षण थप बढेको छ । आफ्नो कमाइ सबै आफैँले राख्न पाउने भएपछि राइडर खुशी रहेको राइडरहरु बताउँछन् ।

विजनेश ग्रोथ कम्पनीले सञ्चालन गरेको यस एपमा अन्य राइड सेयरिङ एपभन्दा सस्तो पनि रहेको सेवाग्राहीहरु बताउँछन् । कम्पनीले सेवाग्राही र राइडरको हितमा विभिन्न योजनाहरु ल्याउँदै आएको छ ।

साहारा एपको बाइक र ट्याक्सी चलाएर महिनाको ६० हजारभन्दा बढी कमाउने राइडरहरु पनि रहेका छन् । एप चलाउन सजिलो हुनुका साथै निःशुल्क तालिम, कमिसन दिन नपर्ने र आनन्दले आम्दानी गर्न सकिने राइडरहरु बताउँछन् ।

नेपालीले नै निर्माण र सञ्चालन गरेको यस एप पछिल्लो समय ग्राहक र राइडरको पहिलो रोजाइमा पर्ने गरेको छ । थप विशेषतासहित अन्य सुविधा पनि थप्दै जाने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?