काठमाडाैं । लुम्बिनी विकास बैंक लिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत श्री जनता आधारभूत विद्यालय, लालबन्दी ११, सर्लाही हिरापुरमा सञ्चालित विद्यालयलाई आर्थिक सहयोगस्वरुप ५० हजार नगद सहयोग हस्तान्तरण गरेको छ ।
बैंकका मधेश प्रदेशप्रमुख मोहन राज गिरीले विद्यालयका प्रधानाध्यापक शत्रुधन महतोलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । मोहन राज गिरीले विद्यालयमा सुविधा सम्पन्न शौचालय निर्माणमा सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए ।
लुम्बिनी विकास बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै विद्यालयका प्रधानाध्यापक महतोले यस विद्यालयमा रहेका विद्यार्थीहरुको लागी शौचालय निर्माणमा खर्च गरिने बताए ।
कार्यक्रममा बैंकका लालबन्दी शाखाका शाखा प्रवन्धक आशिष कुमार भट्टराई, कर्मचारी दयाराम गौतम तथा दिप्ती अधिकारी र विद्यालयको तर्फबाट लालबन्दी नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटी, वडा नं. ११ का वडा सदस्य उमेश महतो, भूतपूर्व विद्यालय व्यवस्थापन समितीका अध्यक्ष श्री संग्राम सिंह गोलेलगायतको उपस्थीति रहेको थियो ।
२०३५ सालदेखि सञ्चालनमा रहेको विद्यालयमा हाल २५३ विद्यार्थी रहेका छन् ।
हाल यस बिकास बैंकले ७ वटै प्रदेशमा ७९ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा मासिकरुपमा ब्याज प्रदान गर्ने विशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया