काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ छैटाैँ र सातौँ शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।
बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७८ साल चैत्र १७ गते बिहीबारबाट मोरङ जिल्ला पथरी शनिश्चरे न. पा. वडा नं. ०९ को आरके मोबाइल सर्भिस सेन्टरमा छैटाैँ शाखारहित बैंकिङ सेवा र लेटाङ वडा नं. ०९ मदनचोकको एबी मेडिकल हलमा सातौँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
पथरी शनिश्चरे नगरपालिकाका मेयर श्री दिलिप कुमार राईले आरके मोबाइल सर्भिस सेन्टरमा र लेटाङ वडा नं. ०९ का वडा अध्यक्ष्य कृष्ण लुइँटेलले एबी मेडिकल हलमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका तर्फबाट प्रदेश प्रमुख श्री खिमलाल भुषाल, बैंकका अन्य कर्मचारीहरु, व्यावसायिक प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
शाखारहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानीलगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया