राष्ट्र बैंकले गर्‍यो हिमालयन बैंकलाई कारबाहीको सिफारिस

लोकपथ
441
Shares

काठमाडौं । अन्ततः नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई कारबाही गर्न सिफारिस गरेको छ । राष्ट्र बैंकको बिहीबार बसेको बोर्ड बैठकले हिमालयन बैंकको सञ्चालक समितीलाई कारबाही गर्न सिफारिस गरेको हो ।

हिमालयन बैंकका सञ्चालकहरु कै कारण बहुप्रतिक्षित बिग मर्जर भाँडिएको निष्कर्षसहित राष्ट्र बैंकले हिमालयन बैंकका सञ्चालकहरुलाई कारबाही गर्न सिफारिस गरेको हो ।

कारबाहीको सिफारिस गरेपनि कस्तो खालको कारबाहीगर्ने बिषयमा भने राष्ट्र बैंकले केही खुलाएको छैन । सोही प्रकरणमा हिमालयन बैंकको मर्जर पार्टनर नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालकरुलाई भने राष्ट्र बैंकले सचेत गराउने निर्णय गरेको छ । साथै दुबै बैंकले अबको एक बर्षभित्र मर्जर प्रकृया टुंगोमा पुर्याउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

मर्जर प्रकृया सम्पन्न गरी एकीकृत कारोबारको अन्तिम चरणमा पुगिसकेको अवस्थामा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठसहितको टोलीले बिभिन्न शक्ति केन्द्र समेतको हारगुहारमा मर्जर भाँडेको निष्कर्षसहित राष्ट्र बैंकले हिमालयनका सञ्चालकहरुलाई कारबाही गर्न सिफारिस गरेको हो, राष्ट्र बैंक श्रोतले भनेको छ ।

यसरी भाँडिएको थियो मर्जर

नेपाल इन्भेष्टमेन्ट बैकले २०७८ माघ ४ गते बिशेष साधारण सभाको सम्पन्न गरेको थियो । उक्त बिशेषसभाको प्रमुख एजेण्डा नै हिमालयन बैंकसँगको मर्जर सम्बन्धि प्रस्ताव पारित गर्नु र मर्जरको लागि दुबै बैंकबीचको सेयरको स्वाप रेसियो १:१ कायम गर्नु रहेको थियो ।

हिमालयन बैंकले पनि २०७८ पुस ३० गते आफ्नो २९ औं बार्षिक साधारणसभा आव्हान गरेको थियो । उक्त बार्षिक साधारणसभाको मुल एजेण्डा पनि नेपाल इन्भेष्टमेन्ट बैंकसंगको मर्जर प्रकृयालाई टुंगोमा पुर्याउनु र मर्जरको लागि १:१ को स्वाप् रेसियो कायम गर्नु रहेको थियो । दुबै बैंकहरुले तोकिएको समयमा बार्षिक साधारण सभा र बिशेष साधारण सभा गरे ।

तर त्यो सभाबाट मर्जरको नाउँमा अप्रत्याशित निर्णय आयो । हिमालयन बैकको २०७८ पुस ३० गते सम्पन्न भएको २९ औं बार्षिक साधारण सभाले नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रकृया भाँडिएको उद्घोष गर्यो । नेपाली बैंकिङ क्षेत्रमा सबैभन्दा महत्वकाँक्षी मर्जरकोरुपमा हेरिएको र मर्जर पश्चात नेपालको सबैभन्दा ठुलो बैंक बन्ने उद्घोष यि दुई बैंकले गरेका थिए ।

तर उक्त सम्झौता विपरित मर्जर प्रक्रियालाई भाँड्नको लागि हिमालयन बैंकको ठुलो लगानीकर्ताहरु मध्येको एक श्रेष्ठ समुह लागि परेको थियो । उक्त समुह मध्येका मनोज बहादुर श्रेष्ठ (जो हिमालयन बैंककै पुर्व अध्यक्ष हुन) र उनका भाई प्रचण्ड बहादुर श्रेष्ठ (जो हाल हिमालयन बैंकका अध्यक्ष रहेका छन्) ले बिशेष भुमिका खेलेको पुष्टि भईसकेको छ ।

मर्जर भाँड्नको लागि सक्रियरुपमा लागेको हो, यो समुह र अर्थमन्त्री शर्माको बीचमा पुलको काम भने तत्कालीन स्वास्थ राज्य मन्त्री उमेश श्रेष्ठले गरेका थिए । उमेश श्रेष्ठ मनोज बहादुर श्रेष्ठ र प्रचण्ड बहादुर श्रेष्ठका व्यवसायीक साझेदार र पुराना साथी हुन् । सोही मित्रताको फाईदा उठाउँदै श्रेष्ठ समुहले अर्थमन्त्री शर्मा समेतलाई हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबिचको मर्जर प्रकृयामा बिपक्षकोरुपमा उभ्यायो । बिगतमा अर्थमन्त्री शर्मा तत्कालीन स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठ कै पुल्चोकमा रहेको घरमा डेरामा बसेका थिए ।

डेरामा बसेको त्यही ऋण चुक्ता गर्नको लागि पनि अर्थमन्त्री शर्मा तत्कालीन स्वास्थ राज्य मन्त्री उमेश श्रेष्ठको आग्रह अनुसार मर्जरको बिपक्षमा उभिन तयार भएका थिए ।

अर्थमन्त्री शर्माले अर्थमन्त्रालय मातहतमा रहेको हिमालयन बैंकको सबैभन्दा ठुलो संस्थागत सेयर लगानीकर्ता कर्मचारी सञ्चयकोषलाई नेपाल इन्भेष्टमेन्ट बैंक संगको मर्जरमा बिपक्षमा उभिन तयार बनाए । हिमालयन बैंकमा कर्मचारी सञ्चयकोषको १४ दशमलव ८५ प्रतिसत सेयर स्वामित्व रहेको छ भने छायाँ इन्टरनेसनलको आठ दसमलव ८९ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

यसैगरी, एन ट्रेनिङ प्रालिको पनि हिमालयन बैंकको १२ दशमलव ७१ प्रतिसत सेयर स्वामित्व रहेको छ । अर्थमन्त्रीको निर्देशन अनुसार यी ठुला संस्थागत सेयरलगानीकर्ताहरु नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर प्रकृयामा विपक्षीको रुपमा उभिन तयार भए । गर्भनर अधिकारीले निकै नै महत्वाकांक्षी र बिग मर्जरको पहिलो सफलताको रुपमा लिने सोचसहित हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरको पक्षमा रहेका थिए । गर्भनर अधिकारी यी दुबै बैंकलाई जसरी पनि मर्जर गराउने पक्षमा रहेका थिए । किनकी हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जर हुन भनेको गर्भनरको अधिकारी स्वंमको कार्यकालयको लागि ठुलो सफलता सावित हुने थियो ।

तर यी सबै कुरामा यही पुस ३० गते अर्थात शुक्रबार तुसापात भयो । हिमालयन बैकको शुक्रबार सम्पन्न साधारणसभामा विशेष प्रस्ताव अन्तर्गत मर्जरको पक्षमा ४३ दशमलव ६३ प्रतिशत मत पर्यो भने विपक्षमा ४२ दसमलव २९ प्रतिशत मत पर्यो ।

बाँकी १४ दशमलव नौ प्रतिशतले मत नै हालेनन् । सोही बार्षिक साधारणसभामार्फत हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसंगको मर्जर प्रकृया अस्वीकृत भएको घोषणा गर्यो । मर्जर प्रकृया अस्वीकृत हुनुलाई श्रेष्ठ समुहले उत्सवकैरुपमा मनायो, जो सुरुवाती चरणदेखि नै नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरको विपक्षमा उभिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?