बाल विवाहलाई न्यायिक ठह-याउन धर्मको आड न लिउँ

एजेन्सी : ११ वर्षीया थाई केटीसँग विवाह गर्ने एक मलेसियाली पुरूषलाई मलेसियाको एक शरिया अदालतले जरिवाना सहित जेल सजाय दिएको छ ।

चे अब्दुल करिम चे अब्दुल हमिदलाई ४५० अमेरिकी डलरको जरिवानासहित  ६ महिनाको जेल सजाय दिइएको हो ।

तर उनलाई बाल विवाहको कसुरका लागि सजाय गरिएको छ्रैन् ।

अदालतलाई जानकारी नदिएर बहु विवाह गरेको कसुरमा सजाय दिइएको हो ।

दुई पत्नीका पति र ६ सन्तानका बाबुले ११ वर्षीया केटीसँग तेस्रो विवाह गरेका छन् । 

उत्तरी मलेसियाको रूढिवादी राज्य केलान्टानका ४१ वर्षीय रबर व्यापारी हमिदलाई इश्लामिक पारिवारिक कानुन अन्तर्गतको खण्ड १९को १२४ प्रावधान अनुरूप सजाय दिइएको हो ।

यो विवाह थाईल्यानडको मुस्लिम बहुल्य क्षेत्रको मस्जिदमा यो जुन महिनामा सम्पन्न भएको थियो ।

यो विवाहपछि बाल विवा रोक्ने कानुनको आवश्यकता रहेको भन्दै  विरोध शुरू भयो ।

मलेसियाका वकिल सेहरेदजान जोहानले त्यो पुरूषलाई कम उमेरकी केटीसँग विवाह गरेको अभियोगमा सजाय नभएर अदालतलाई जानकारी नदिएर बहु विवाह गरेको अभियोगमा दोषी पाइएको

जानकारी दिँदै ट्विटे ।

त्यसैले यस विषयमा कानुनको आवश्यकता रहेको उनले लेखेका छन् ।

बाल विवाह गर्ने विषयलाई फौजदारी अभियोग बनाइ कानुन बनाउनुपर्ने उनले तर्क दिएका छन् ।

मलेसियामा धार्मिक अदालतको अनुमति दिएर १६ वर्ष भन्दा मुनिका केटीसँग विवाह गर्न कानुनले छुट दिएको छ ।

हमिदकी दोस्री पत्नीले उनको विरूद्ध प्रहरीमा उजुरी दिएपछि यो विषय चर्चामा आयो ।

हमिदले आफ्नो तेस्रो विहे वैधानिक रहेको र केटीका आमबाबुका लागि यो विहे वरदान रहेको दाबी गरे । 

बरनाामा समाचार संस्थालाई दिएको एक अन्तर्वार्तामा उनले भने “ आफूले यो विवाहलाई औपचारिक बनाउन ५ वर्ष भित्र औपचारिक प्रमाण पत्रका साथ आवेदन दिने र जतिबेला त्यो केटी १६ वर्ष

हुने वित्तिकै मेरी पत्नी बन्ने छिन् ।”

मलेसियाकी उपप्रधानमन्त्री वान अजिजाह वान इश्माइलीले गरिबीका कारण केटीका आमाबाबुले यो विवाहका लागि अनुमति त दिएन भन्ने विषयमा अधिकारीहरूले छानबिन गरेको बताइन् । 

केटीकी आमाले परम्परागतरूपमा जब उनी १६ वर्षकी हुने उनको पत्नी बन्ने र १६ वर्ष नपुगेसम्म माइतीमै बस्ने सहमति भएको बताएकी छानबिनमा खुलासा भएको हो ।

सरकारी आँकडाका अनुसार मलेसियामा सन् २०१०मा १५ हजार कम उमेरकी बालिकाहरूको विवाह भएको थियो ।

इश्लामिक संगठन सिस्टर्सले यो दृष्टान्त प्रस्तुत गर्दै आग्रह गरेकी छिन् –“ बाल विवाहलाई न्यायिक ठह-याउन ईश्लाम( धर्म)को आड नलिउँ ।”
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?