एजेन्सी : युक्रेनका एक व्यक्तिले धेरै पारिवारिक सदस्य भएको विश्वकै सबै भन्दा ठूलो परिवारको अगुवा भएको दाबी गर्दै गिनिज वल्र्ड रेकर्डमा आवेदन दिएका छन् ।
८७ वर्षीय बूढा पाभेल सेमेनन्युकले सदैव आफ्नो परिवार ठूलो हुने सपना देखे जब उकी पत्नीले १३ सन्तान जन्माइन उनको आंकाक्षा पूरा हुने अपेक्षा बढेर गयो ।
सेमेन्युकको जिवित परिवारका सदस्यहरूको संख्या ३४६ पुगेको छ ।
परिवारको सबै भन्दा कान्छो सदस्यको उमेर मात्र दुई साता पूरा भएको छ । सेमेन्युकको परिवार दक्षिणी उक्रेनको ओडेसा ओब्लास्ट क्षेत्रको दोब्रोस्लाभमा गाउँमा बस्छ ।
पाभेलका १३ सन्तानबाट कुल १२७ नातिनातिना , २०३ पनातिपनातिना ,३ खनातिखनातिना पाएका छन् ।
निर्माण सेवाको कार्यबाट सेवा निवृत भएका सेमेन्युकको यो ठूलो सुखी परिवार हो तर उनलाई आफ्ना सबै सदस्यको नाम स्मरण गर्न कठिनाइको अनुभव हुन्छ ।
“नयाँ पुस्ताका केटाकेटीको नाम स्मरण गर्न गाह्रो हुन्छ ” उनले भने ।
हरेक समय कोही न कोहीले विवाह गरिरहेको हुन्छ , गाउँमा घर बनाइरहेको हुन्छ ।
उनको परिवारका अधिंकाश सदस्य निर्माण सेवामा कार्यरत छन् ।
सेम्युनिकको परिवारका ३० बालबालिका स्थानीय स्कूलमा पर्छन् ।
परिवारका सदस्यको जन्मदिन र विवाह समग्र परिवारका लागि ठूलो उत्सव नै हुन्छ ।
सेमेन्युकी ६६ वर्षीया छोरी भिरा सेमेन्युक भन्छिन् “हामी यस्ता उत्सवमा ठूला ठूला भाँडामा खानेकुरा पकाउँछौं ।
महिलाहरू एक अर्कालाई सहयोग गर्ने गर्छिन् ।”
केही दिन अघि मात्रै सेमेन्युकको परिवार उक्रेनको सबै भन्दा ठूलो परिवारको हैसियत प्राप्त ग-यो ।
स्थानीय राष्ट्रिय रेकर्ड कार्यालयमा यो परिवारलाई दर्ता गरिएपछि गिनिज बुक अफ वल्र्डमा दर्ताका लागि आवेदन दिइएको छ ।
अहिले सम्म विश्वको सबै भन्दा ठूलो परिवारको रेकर्ड बनाउने परिवार भारतको छ । त्यो परिवारको कुल संख्या १९२ रहेको छ । उक्रेनी रेकर्ड कार्यालयका अधिकारीका अनुसार यो परिवार विश्वकै
सबै भन्दा ठूलो परिवार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया