काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार पुन ३२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा टे«जरी बिल जारी गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
चैत्र २२ गते जारी मिति तोकिएको उक्त ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । राष्ट्र बैंकका अनुसार बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको नौं अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँको रहेको छ ।
पुरानो नविकरण अन्र्तगतको यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमश : २०७९ बैशाख २० गते, २०७९ असार २१ गते, २०७९ असोज १८ गते र २०७९ चैत्र २१ गते तोकिएको राष्ट्र बैंकको भनाइ छ ।
गत साता अर्थात यही चैत्र १४ गते पनि राष्ट्र बैकले २२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया