एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनले ट्रम्पलाई लेखेको एक चिट्ठी ट्विटर शेयर गरेका छन् ।
किमले अमेरिका र उत्तर कोरियाबीचको द्विपक्षीय सम्बन्धहरूले ‘एक नयाँ भविष्य’को निर्माण गर्ने अपेक्षा व्यक्त गरेको सो पत्रलाई ट्रम्पले एक राम्रो चिट्ठी भनेर शेयर गरेका हुन् ।
तर यो चिट्ठीमा उत्तर कोरियाले परमाणु निसशस्त्रीकरणका प्रयासहरूबारेमा केही उल्लेख गरिएको छ्रैन ।
यद्यपि गत जुन महिनामा सिंगापुरमा ट्रम्प र किमबीच भएको ऐतिहासिक भेटवार्तामा मुख्य मुद्दा परमाणु निसशस्त्रीकरण नै रहेको थियो ।
किमले लेखेका छन् – मिस्टर प्रेसिडेन्ट, म ऊर्जाका बारेमा तपाईले गरेको सहुलितका प्रयासको प्रशंसा गर्दछु ।”
भविष्यमा लिइने व्यवहारिक फैसला लिने बेला पारस्परिक विश्वासलाई अझ बढी बलियो बनाउनुपर्ने किमले उल्लेख गरेका छन् ।
गत साता उत्तर कोरियाले निसशस्त्रीकरणका लागि अमेरिकाले ग्यांगस्टरजस्तो बाटो अवलम्बन गरिरहेको आरोप लगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया