एजेन्सी: बेलायतको भ्रमणमा आएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलयाती प्रधानमन्त्रीको युरोपसँग छुट्टिने ब्रग्जिट योजना अगाडि बढे यसले अमेरिकासँगको व्यापार सम्झौतालाई हत्या गर्ने
बताएका छन् ।
राष्ट्रपति ट्रम्पको यो अभिव्यक्तिले बेलायतको साटो युरोपेली युनियनसँग उनले समझौता गर्न खोजिरहेको दर्शाउँछ ।
बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिंग स्ट्रिटले यसबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन् ।
राष्ट्रपति भएपछि पहिलो पटक बेलायतको भ्रमण गरेका ट्रम्पसँग अमेरिका स्वतन्त्र व्यापार सम्झौता गर्न बेलायती प्रधानमन्त्री टेरिजा मेले प्रयास गरिरहेकी छिन् ।
मेले बेलायत र अमेरिकाबीचको व्यापार बृद्धिका लागि ब्रेग्जिट एक अवसर भएको बताएका थिइन् ।
साथै ट्रम्पले पूर्व बेलायती विदेशमन्त्री बोरिस जानसन एक महान प्रधानमन्त्री हुन सक्ने द सनलाई दिएको अन्तर्वार्तामा बताएका छन् ।
साथै उनले लन्डका मेयर सादिक खानको आलोचना दोह-याएका छन् । उनल भने “मेयरले एक भयानक काम गरेका थिए ।”
बिहीबार साझा अक्सफोर्डशायरस्थित ब्लेनहेइम दरबारमा राष्ट्रपति र उनकी पत्नीलाई रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो ।
उनीहरूले प्रधानमन्त्रीसँगको रात्रिभोजमा कालो टाइ लगाएर सहभागीता जनाएका थिए ।
ट्रम्पले प्रधानमन्त्री मेलाई आफूले ब्रेग्जिटले अमेरिकासँगको व्यापार सम्झौतालाई हत्या गर्ने बताएपनि उनी आफ्नो विचारसँग सहमत नरहेको पाएको बताए ।
ट्रम्पले भने “ प्रधानमन्त्री मे एक फरक बाटोमा हिँडन चाहेकी छिन् ।”
प्रधानमन्त्री मेको क्याबिनेटबाट दुई जना बोरिस जानसन र डेभिड डेभिस हालै मात्र राजीनामा दिइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया