एजेन्सी : चीनको सिचुआन प्रान्तस्थित एक औद्योगिक निकुञ्जमा बिस्फोटन हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएको सिन्ह्वाले जनाएको छ ।
यिबिन हेंगडा टेक्नलजिले सञ्चालन गररहेको एक रसायन कारखानामा बिस्फोटन भएको रोयटर्सले एक विज्ञप्तिलाई उल्लेख गरी जनाएको छ ।
चिनियाँ सामाजिक सञ्जालमा देखिएका फोटाहरूमा धुवाँ र आगोको मुस्लो ठूलो देखिएको जनाइको छ ।
तर बिस्फोटन किन भएको हो त्यसबारे अहिलेसम्म केही स्पस्टहुन सकिएको छैन् ।
चीनमा रसायन कारखानाबाट बिस्फोटन हुने घटना धेरै हुने गरेको देखिएको छ ।
उत्तर पूर्वी शहर तियानजनमा एक रसायन कारखानामा बिस्फोटन हुँदा सन् २०१५मा १७३ मानिसको ज्यान गएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया