प्रतिरक्षा सम्बन्ध बलियो पार्न भारतीय सैनिक प्रतिनिधिमण्डल चीन जाने

एजेन्सी : डोक्लाम सीमा विवादको एक वर्ष पछि चीनसँग प्रतिरक्षा सम्बन्ध बलियो पार्न भारतको तीन सदस्यीय एक सैनिक प्रतिनिधिमण्डल चीनको भ्रमण गर्ने भएको छ ।

भारतीय सैनिक प्रतिनिधिमण्डलले चीनको समकक्षीसँग भेटवार्ता गर्ने भएको छ ।

अगस्टको दोस्रो साता पूर्वी सैनिक कमान्डर लेफ्टिनेन्ट जनरल अभय कृष्णाको नेतृत्वमा त्यो सैनिक प्रतिनिधिमण्डल चीन जाने भएको छ ।

सन् २०१७मा ७३ दिनसम्म भारत चीन भुटानको सीमामा भारत र चीनका सैनिकहरू युद्ध लडने अवस्थामा तैनाथ गरिएका थिए ।  

डोक्लामले भारत र चीनबीच तनाव उत्पन्न गराएको थियो ।

यो वर्ष अप्रिल २७–२८मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी  र चिनियाँ राष्ट्रपति सी जिनपिनबीच एक अनौपचारिक शीर्षवार्ता उहानमा सम्पन्न भइ त्यो तनावको समाधान खोजिएको थियो । 

भारतीय सैनिक प्रतिनिधिमण्डल चीन भ्रमणबाबट फर्केपछि १० सदस्यीय चीनको जनमुक्ति सेनाको एक प्रतिनिधिमण्डल भारतको पनि भ्रमण गर्नेछ ।

पश्चिम थिएटर कमान्डकाउपप्रमुख बरिष्ठ कमान्डर लेफ्टिनेन्ट जनरल लिउ सिआओउको नेतृत्वमा सो प्रतिनिधिमण्डल अर्को वर्ष जुलाईमा भारतको भ्रमण गर्नेछ ।

दुई देशबीच लामोसमय देखि सीमा विवाद थन्किएर रहेको छ । यसअघि सन् २०१५मा सेनाको उत्तरी कमान्डका कमान्डर लेफ्टिनेन्ट जनरल डी एस हुडाले सैनिक प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?