पदबाट हटाउनु गैरकानूनी भन्दै साउद सर्वोच्चमा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतबाट हटाइएका चन्द्रसिंह साउदले सर्वोच्चमा रिट हालेका छन् । 

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले गरेका सबै नियुक्ति खारेज गर्ने मन्त्रिपरिषदको निर्णयसँगै साउदको नियुक्ति पनि बदर भएको थियो । तर, आफूलाई गैरकानूनी हिसाबले पदबाट हटाइएको दाबी गर्दै साउद सर्वोच्च पुगेका हुन् ।

साउदले लोकसेवा आयोगको जस्तै परीक्षा दिएर कानूनसम्मत ढंगले सीईओमा नियुक्त भएको दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गराएको जानकारी दिए ।

साउदको रिट निवेदनमाथि सर्वोच्चले शुक्रबार वा आइबार सुनुवाइ गर्ने सम्भावना छ ।

साउदलाई पदबाट हटाएर अर्थमन्त्रालयले उपसचिव रमेश अर्याललाई नेप्सेको सीईओको जिम्मेवारी दिइसकेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?