एजेन्सी । दक्षिण कोरियामा कामदारको तलब १०.९५ ले बढ्ने भएको छ।
तलब वृद्धिसँगै कामदारको तलब प्रति घण्टा ८३५० कोरियन वोन निर्धारण भएको छ। जस अनुसार दैनिक आठ घण्टा काम गरेपछि महिनाको न्यूनतम तलब १७ लाख ४५ हजार १ सय ५० अर्थात मासिक नेपाली १ लाख ६८ हजार भन्दा बढी रूपैयाँ पाउनेछन्।
गत वर्ष प्रतिघण्टा ७५३० वोन ज्याला थियो। ज्याला निर्धारण मजदुर युनियनका पाँच सदस्य, कम्पनी व्यावस्थापन र सरकारी प्रतिनिधिसहित २७ जनाको कमिटिले गर्ने गर्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया