नेपालको अर्थतन्त्रका आधार त्यति कमजोर छैन : डा. गुणाकर भट्ट

लोकपथ
91
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टले नेपालको अर्थतन्त्रको अवस्था भयावह नभएको स्पष्ट पारेका छन् ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टले यस्तो बताएका हुन् ।

उनले भने,‘कोभिड पछि विश्व अर्थतन्त्र रिकभरीको बाटोमा गएको थियो । रसिया–युक्रेनको युद्धको कारणले नेपाल मात्रै नभएर ईस्ट एसियाका मुलुकमा प्रभाव देखिएको छ । एउटा म्यानुफ्याक्चरिङ सेक्टरमा, कच्चा पदार्थको आपुर्ति प्रभावित भएको छ । कच्चा पदार्थको परिमाणमा त्यस्तो धेरै ठूलोअसर नभएपनि, त्यसको केही संवेदनशील वस्तु छन्, कार उत्पादनको लागि चाहिने त्यसमा प्रभाव परेको छ । सप्लाई चेनलाई समस्या परेको छ । अन्तर्राष्ट्रियस्तरमा यो सेक्टर प्रभावित भएको छ । त्यसको असर नेपालमा पनि परेको छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले नेपालको मुद्रा स्फितीमा पनि समस्या परेको उल्लेख गरे । उनले भने, ‘अहिले सार्वजनिक मुद्रा स्फितीमा दबाब परेको छ । चाप परेको छ । अमेरिकामा मुद्रा स्फिती २ प्रतिशत भैरहेको हुन्थ्यो, अहिले अमेरिकामा मार्चको ईन्फ्लेशन ८ देखि १० प्रतिशत पुग्छ किभन्ने आँकलन आईरहेको छ । विकसित मुलुक पनि अहिले मूल्यवृद्धिको चापमा परेका छन् । उनीहरु विदेशी मुद्रास्फितीको चापमा परेका छन् । किनभने म्यानुफ्याक्चरिङको आपूर्ति प्रभावित भएको छ, पेट्रोलियम पदार्थको मूल्यवृद्धि पनि भएको छ । विदेशी विनिमय सञ्चिती पनि प्रभावित भएको छ । श्रीलंका र पाकिस्तान जस्तो मुलुकहरु विदेशी विनिमय सञ्चितिको दबाबमा छन् । हामी पनि दबाबमा छौं ।’

उनले अर्थतन्त्र चलाउने कुरामा चूनौती थपेको पनि सुनाए । उनले भने, ‘मुदा मुद्रा स्फितीको चाप अन्तर्राष्ट्रिय परिस्थितिको कारणले गर्दा भएको छ । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ, त्यसको परिणामस्वरूप हामी कहाँ पनि मूल्यवृद्धि हुने प्रवृत्ति छ । उद्योगहरुको कञ्चा पदार्थको आपुर्ति हुन सकेको छैन् । विदेशी विनिमय सञ्चिती गत वर्ष भन्दा उल्लेखनीय घटेको हो । गतवर्ष हामीसँग १२ महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने सञ्चिती थियो । अहिले त्यो घट्दै गएको छ ।अहिले साँढे ६ महिना धान्न सक्ने अवस्थामा छ । शोधान्तरण स्थिति र ब्यालेन्स अफ पेमेन्ट हेर्दा नेपालबाट बाहिर रकम बढि गएको छ । यो भनेको विदेशी विनिमय सञ्चितीमा दबाब हो । शोधान्तरण स्थिति, नेपालबाट कति रकम बाहिर गयो ? र नेपालमा कति रकम बाहिरबाट अयो ? भन्ने कुरा हेर्द शोधान्तरण स्थिति २४७ अर्बले घाटामा रहेको छ । यो भनेको विनिमय सञ्चिती घटेको हो । भोलि खाद्यान्न, औषधीहरु आयातमा प्रभावित हुँदैन त ? भन्ने चिन्ता बढेको छ । विदेशी विनिमय सञ्चितीलाई प्राथमिकतामा राख्नुपर्छ । राष्ट्र बैंकले पेट्रोलियम पदार्थको किफायती गर्न सकिन्छ ? सुन÷चाँदीको आयात रोकौं । विदेशी सञ्चितीमा ठूलो दबाब पर्दा भोलि औषधी नै किन्न पनि समस्या हुनसक्छ ।’

भट्टले गत वर्ष मात्रै नेपालले ५० अर्बको चामल आयात गरेको तथ्यांक उल्लेख गर्दै यो वर्षको ८ महिना मात्रै हेर्दा ३७ अर्बको चामलअ ायात गरेको सुनाए ।

उनले अहिलेको नेपालको अर्थतन्त्रको डार्क साईट मात्रै नभएको दाबी गरे । उनले भने, ‘आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किएकाछन् । वस्तु, सेवा र कर्जाको माग बढेको छ । यो पक्षलाई पनि हामीले बिर्सिनुहुँदैन् । अर्थतन्त्र नर्मल अवस्थामा आएको हुनाले पनि आयात बढेको हो । केही वस्तुको आयात भने हामीले केही समय रोक्नुपर्छ । अर्थतन्त्रलाई सही तवरले अघि बढाउनुपर्छ । पर्यटन क्षेत्र सलबलाउन थालेको छ । प्रत्यक्ष विदेशी लगानी राम्रो आएको छ । यो वर्षको ८ महिनाको तथ्यांक हेर्दा साँढे १६ अर्ब आएको छ । गतवर्ष १९ अर्ब मात्रै आएको छ । यो आर्थिक वर्षको ८ महिनामा १६.५ अर्ब आएको छ, यो राम्रो कुरा हो । अर्को भनेको रेमिट्यान्स एउटा महत्वपूर्ण स्रोत हो ।’

उनले श्रीलंका जस्तो संकटको अवस्थामा नेपाल नरहेको जिकिर गरे । उनले सोसल सेक्युरिटीको दायरा बढाउँदै जाने हो भने भोलि समस्या आउन सक्ने पनि सतर्कता अपनाए । उउनले क्रिप्टो करेन्सीको कारोबार बारे अध्ययन गर्न अर्थमन्त्रालयले कार्यदल बनाएको र सोही अनुसार काम गरेको पनि सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?