एजेन्सी : डिजिटल प्रविधिले मन्दिरहरूमा हुने पुजामा सामेल हुन नसक्ने धार्मिक व्यक्तिहरूका लागि त्यो पुजा हात हातमा पु-याउने गरेको छ ।
धेरै भीड घुइँचो हुने मन्दिरहरूमा कतिपय धार्मिक व्यक्तिको चाहना हुँदाहुँदै पनि समय व्यक्ति गर्न सक्दैनन् ।
त्यस्ता व्यक्तिहरूका लागि सहज हुने गरी मन्दिरका पुजा हात हातमा पु¥याउने काम डिजिटल प्रविधिको एपले गर्ने गरेको छ ।
दक्षिण मुम्बईको भीड घुइँचो हुने जावेरी बजारको मुम्बा देवी मन्दिरको पुजाको एप बनाइएको छ ।
मन्दिरमा जान नसक्ने व्यक्तिले एपलाई स्मार्टफोनमा डाउनलोड गरी हुने पुजा हेर्न सक्छन् ।
यो एपले त्यहाँको पुजा कार्यक्रम जीवन्त (लाइभ) दर्शाउँछ ।
मुम्बा देवी मन्दिरका प्रवन्धक हेमन्त यादवले भने “ हेर्नुस आजको द्रुत गतिको दुनियामा मानिसहरूले तुरून्ता तुरून्तै सब थोकको चाहना गर्छन् ।
यस्तोमा मुम्बा देवीको दर्शन कसैलाई चाहिएको छ भने त्यो एपबाट सहज उपलब्ध हुन्छ ।”
टेलिभिजनले मन्दिर, मस्जिद, गुरूद्वारा र चर्चका धार्मिक गतिविधिलाई प्रसारण गर्दै आएको थियो ।
टेलिभिजनले रेकर्डेड र प्रत्यक्ष प्रसारण गरिएको थियो ।
अब एपको मदतले सबै थोक हेर्न पाउनु हुने भएको छ । शेमारू इन्टरटेन्मेन्टका प्रमुख कार्यकारी हिरेन गडाले यस्ता एपले धार्मिक व्यक्तिहरूलाई जोडने काम गरेको बताए ।
भारतमा मोबाइल फोनको उपयोग गर्ने जनसंख्या १ अर्ब जति छ । यसमा ३५ करोडले स्मार्टफोनको प्रयोग गर्छन् ।
शेमारूले गत सप्ताह रमादानमा मुसलमानहरूका लागि इवादत नामी एप ल्याएको थियो ।
मुसलमान मात्रै होइन हरेक धर्मका धर्मानुयायीहरूका लागि एप लन्च गरिएका छन् ।
भारतमा धार्मिक तथा अधयात्मिक वस्तुहरूको बजार ४० अर्ब अमेरिकी डलर बराबरको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया