इतिहासका महत्वपूर्ण अविष्कार र खोजहरू

एजेन्सी: मानव समाजको जनकल्याण र विकासका लागि भिन्न भिन्न समयमा नयाँ नयाँ अनुसन्धान र खोजहरू भएका छन् ।

मानव समाजमा यस्ता अनुसन्धान र खोजहरूले आमूल परिवर्तन गरेका छन् । मानव इतिहासका केही महत्वपूर्ण अविष्कार र खोजहरूलाई तस्वीरमा व्यक्त गरिएको छ ।

इतिहासका महत्वपूर्ण अविष्कार र खोजहरू

स्टिम इन्जिन (वाष्प इन्जिन)

सन् १६९८मा पहिले स्टिम इन्जिन इंग्ल्यान्डका सैनिक इन्जिनियर थोमस सेभरीको नाममा पेटेन्ट थियो । सन् १७६०मा स्कटल्यान्डका इन्जिनियर जेम्सबाटले तस्विरमा देखिएजस्तै यसमा सुधार गरे । यो स्टिम इन्जिन औद्योगिक क्रान्तिको औजार बन्यो ।

अल्फाबेटाइजेसन (वर्णमालीकरण)

वर्णमाला भन्दा पहिलो  तस्विरेखांकित(पिक्टोग्राफिक) प्रणालीको एक जटिल प्रणाली प्रयोगमा थियो । प्रोटो सिनाइटिक लिपिका व्यञ्जनहरूसहितको पहिलो वर्णमालाको विकास ईशापूर्व १८५० देखि १७००को बीचमा भएको विश्वास गरिन्छ । यसमा २२ संकेतहरू दायाँबाट बायाँ लेखियो ।

पेपर(कागज)

ईस्वी सन् १०५तिर चीनमा कागज बनाउने एक महत्वपूर्ण अविष्कार भएको विश्वास गरिन्छ । साइ सुन नामका एक चिनियाँ सरकारीले किम्बुको रूखको बोक्रा, जुटजस्ता वस्तुहरूबाट लेख्ने कागज बनाउने विधि पता लगाएको विश्वास छ ।

कम्पास( दिशासूचक यन्त्र)

कम्पासको उत्पत्तिबारे ठीक यकिन गर्न गाह्रो छ । प्राचिन चीन र ग्रिक सभ्यतामा कम्पासको प्रयोग पाइन्छ तर १२औं शताब्दीमा चुम्बकीय दिशासूचक यन्त्र( म्यागनेटिक कम्पास) भूमध्यसागरीय तटमा पाइएको देखिएको छ ।

भ्याक्सिन( खोप) 

चिनियाँहरूले खोपको विकास गरेको भनिए पनि सन् १७९६मा बेलायती भौतिक शास्त्री एवं वैज्ञानिक एडवार्ड जेनर्स(आर)ले आधुनिक खोपको खोज गरेको भनिन्छ । गाईमा पाइने विषाणु (भाइरस) काउपक्सको  प्रयोग बिफर ठेउलाको उपचार पत्ता लगाए । उनले एक गाईको दुध दुहने महिलाले “मला कहिले बिफर ठेउला भएन मलाई काउपक्स थियो । मैले कहिल्यै अनुहारमा दागहरू आएन ” भनेको सुनेपछि बिफर ठेउलाको खोपको विकास गरेका थिए ।

रेफ्रिजेरेशन( चिस्यान)

पहिलो मानव निर्मित रेफ्रिजेरेशन सिस्टम सन् १७४८मा युनिभर्सिटी अफ ग्लागोका डा. विलियम कुलेनको घरमा थियो । तर अमेरिकी अन्वेषक ओलिभर इवान्सले १८०५मा पहिलो रेफ्रजेरेशनको मेसिन डिजाइन गरे । रेफ्रिजेरेशनको फाइदा बियर मदिरा बनाउने उद्योगले थाहा पायो पछि मासु प्याक गर्न उपयोगमा ल्यायो । तस्विरमा सन् १९२६मा एलेक्ट्रोफल्क्सका प्रतिनिधिले रेफ्रिजेरेटिंग विभाग देखाउँदै ।

एनेस्थिया (बेहोसी)

ईशापूर्व ४ हजार वर्ष पहिलो एनेस्थियाको प्रयोग भएको पाइएको उल्लेख गर्न सकिन्छ । मेसोपोटामिया सभ्यताको सुमेरियालीहरूको कलाकृतिबाट  अफिम गाँजाको प्रयोग गरी बेहोस गर्ने चलन रहेको पाउन सकिन्छ । तर सन् १८४६को अक्टोबरमा पहिलो शल्यक्रियाका लागि एनेस्थियाको प्रयोग गरेको यश जोन कोलिन्स वारेन र विलियम मोर्टोनलाई दिइन्छ ।

अप्टिकल लेन्स (आँखाको चश्मा)

१३औं शताब्दीमा इटलीमा लेन्सको उत्पत्ति भएको विश्वास गरिन्छ । यो लेन्स प्राकृतिक क्रिस्टलबाट बनेको थियो । तर १७२९ तिर इंग्ल्यान्डका वकिल चेस्टर मूर हलले पहिलो एक्रोम्याटिक लेन्सको अविष्कार गरे । 

सेक्सट्यान्ट(६ खुट्टे उपकरण)

सन् १७५७मा इंग्ल्यान्डका जोन बर्डले शुरूवाती सेक्सट्यान्ट बनाएका थिए ।यो जोन ह्याडली र थमस गडफ्री क्रमशः इंग्ल्यान्ड र अमेरिकाले बनाएको आठखुट्टे (अक्ट्यान्ट)मा विकसित मोडलमा बनाइएको थियो । उनीहरूले यसको विकास न्यूटनको डब्ल रिफ्लेक्सनको आधारमा गरेका थिए ।

प्रिन्टिं प्रेस (छापाखाना)

सन् १४३०का देशको अन्त्यतिर  फलामको काम गर्ने  एक जर्मन जोहान्स गुटेनबर्गले घुम्ने टाइप मेसिनका लागि धातुको छापहरूको प्रयोग गरे । उनले पछि यसको विकास गरे जसबाट पहिलो बाइबल छापिएको थियो ।

पेन्सिलिन(जीवाणु नाशक)

विश्वको पहिलो जीवाणु नाशक (एन्टिबायोटिक) औषधिको खोज संयोगवश तस्विरमा देखिएका लन्डनको सेन्ट मेरिज हस्पिटलका जीवाणुविद् डा. एलेग्जन्डर फ्लेमिंगले गरेका थिए । उनले पछि भने “ २८ सेप्टेम्बर,१९२८को बिहान जब ब्युँझे विश्वकै पहिलो एन्टिबायोटिक वा जीवाणु नाशकको अनुसन्धान गरे चिकित्सा क्षेत्रमा क्रान्ति ल्याइदिने योजना मसँग निश्चितै थिएन । तर मैले अनुमान लगाए र त्यो ठ्याकै त्यही साबित भयो ।”

स्यानिटरी सिस्टम(स्वच्छता प्रणाली)

आधुनिक स्वच्छता प्रणाली १९औं शताब्दीको मध्यतिरबाट व्यवहारमा शुरू हुन थाल्यो । सार्वजनिक स्वास्थ्य सुधारक सर एडविन चाडविकले बुझाएको प्रतिवेदनलाई पछ्याएर १८४८मा सार्वजनिक स्वास्थ्य ऐन इंग्ल्यान्डमा संस्थागत भयो  पछि त्यसको अनुशरण गरी सन् १८६६मा स्यानिटरी एक्ट बन्यो । यस क्षेत्रमा अर्को कोशे ढुंगा डा जोन स्नोको अध्ययन हो । १९५४मा त्यो अध्ययनले पानीबाट हैजाका जीवाणु फैलिने गरेको दर्शायो । यसपछि सन् १८६०मा लुइस मउरेसले सेप्टिक टयांकको अविष्कार गरे । तस्विरमा पहिलो विश्वयुद्धका बेला ब्रिटिश कन्टिेनेन्टल स्यानिटरी ट्रेनमा कर्मचारी प्रतिक्षा गर्दै ।

आर्टिफिसल फर्टिलाइजर्स( कृत्रिम मलखाद)

जर्मन रसायनशास्त्री प्रोफेसर फ्रित्स ह्याबरले सन् १९१८मा नाइट्रोजन र हाइड्रोजनबाट अमोनिया संश्लेषण गर्ने प्रक्रिया पत्ता लगाए । यसको ठूलो परिमाणमा उत्पादनले हरित क्रान्तिमा ठूलो महत्वपूर्ण भूमिका खेल्यो ।

इन्टरनल कम्बुशन इन्जिन( आन्तरिक प्रज्ज्वलन इन्जिन)

सन् १९५८ बेल्जियन इन्जिनियर जीन जोसफ इटिने लिनोरले पहिलो पटक इन्टरनल कमबुशन इन्जिनको विकास गरेका थिए । तर एक जर्मन इन्जिनियर निकोलाउसले सन् १८७६मा पहिलो फोर स्ट्रोक इन्जिनको सफलतापूर्वक निर्माण गरे । सन् १८८५मा कार्ल बेन्जले तस्विरमा देखिएजस्तै यो इन्जिनको प्रयोग गरी पहिलो तीन पांग्रे गुडाए ।

इन्टरनेट(अन्तरजाल)

शीत युद्धका बेला अन्तरजालको शुरूवात भएको पाउन सकिन्छ जतिखेर अमेरिकाले यसलाई सरकारी हतियारको रूपमा प्रयोग ग¥यो ।सोभियतसंघबाट आफ्नो टेलिफोन सञ्जालमा आक्रमण हुन सक्ने आंशकामा एम आई टी वैज्ञानिक जेसीआर लिकलिडरले सन् १९६२मा कम्प्युटरलाई संवादका लागि एक गलाक्टिक सञ्जालको प्रस्ताव गरे ।पाकेट स्विचिंगको अवधारणा सन् १९६५मा विकसित गरिएको थियो । यसले एआरपीएनेटको सृजना गर्न सरकारी कम्प्युटर सञ्जालमा अगुवाइ ग¥यो । सन् १९६९मा पहिलो सन्देश लगिनबाट पठाइएको विश्वास गरिएको छ ।

एयरप्लेन(हवाई जहाज)

१७ डिसेम्बर १९०३मा दुई अमेरिकी दाजुभाई विलवर र ओरविल राइटले तस्विरमा देखिएजस्तै पहिलो हवाईजहाज पत्ता लगाए ।विलबरले ५९ सेकेन्डमा ८५२ फिटको दूरीसम्म यो जहाज उडाए ।यसको दुई वर्ष पछि उनीहरूले पहिलो व्यवहारिक हवाई जहजको नमूना तयार पारे ।

इलेक्ट्रिसिटी (बिजुली)

विलियम गिलबर्ट, बेन्जामिन फ्रांकलिन, एलेसान्द्रो भोल्टा र माइकल फराडेलगायत विभिन्न व्यक्तिहरूको योगदानलाई बिजुलीको खोजमा रहेको बुझिन्छ । तर पनि क्रमभंग गर्ने क्षण स्वतन्त्ररूपले १८७८को वरिपरि अमेरिकामा थमस एल्भा एडिसन र बेलायतमा जोसेफ स्वानले फिलामेन्ट लाइट चीमको विकास गरेको बेला भएको मानिन्छ ।

टेलिभिजन(दूरदर्शन यन्त्र)

टेलिभिजनको निर्माण जाने लोगि बायर्डले गरेका हुन् । उनले मार्च सन् १९२५मा पहिलो पटक आफ्नो भिडियो सिस्टमको सार्वजनिक प्रदर्शन गरेका थिए । उनले यसमा सुधार गर्दै मानिसहरूको अनुहारलाई लामो दूरीमा प्रसारण गर्ने विधिको सुधार गरे ।

पर्सनल कम्प्युटर( नीजी कम्प्युटर)

विश्वको पर्सनल कम्प्युटरमा प्रमुख परिवर्तनहरू इन्टेलका इन्जिनियर टेड अफले सन् १९७१मा पहिलो माइक्रोप्रोसेसर(सूक्षम प्रशोधक)को विकास गरेपछि भएका हुन् ।सन् १९७०मा पउल जी एलन, बिल गेट्स, स्टिभ जब्स र स्टिफन उजनियकजस्ता केही व्यक्तिहरूले उपभोक्ता मैत्री र लागत सहज हुने किसिमको माइक्रो कम्प्युटर(सानो कम्प्युटर) बनाउने क्रान्तिकारी कार्यमा सक्रिय थिए ।

टेलिफोन (दूरभाष यन्त्र)

स्कटल्यान्डमा जन्मेका अमेरिकी वैज्ञानिक एलेग्जन्डर ग्राहम बेललाई ७ मार्च १८७६मा टेलिफोनको अविष्कार गरेकाले औपचारिक रूपमा प्याटेन्ट राइट दिइयो । त्यतिखेर बेल बहिराहरूको स्कूलमा काम गरिरहेका थिए ।साथै उनले ध्वनिलाई विद्युतको माध्यमबाट एक ठाउँबाट अर्को ठाउँमा पठाउनसकिने उपकरणको सिर्जना गर्ने कार्य गरिरहेका थिए ।

न्युक्लियर फिसन( परमाणु विखन्डन)

सन् १९३४मा इटलीका भौतिक शास्त्री इनरिको फर्मीले पहिलो पटक न्युक्लियर चेन रिएक्सन(परमाणु शंखला प्रतिक्रिया) सिर्जना गरे र त्यतिखेला परमाणु विखन्डनको खोज गर्ने योगदान उनको नाममा गयो । तर यसको स्वीकारोक्ति सन् १९३८मा दुई जर्मन वैज्ञानिक ओटो हान र फ्रित्स स्ट्रासम्यानले सफलता पूर्वक युरेनियम तत्वको एक अणुलाई भिन्न टुक्रामा टुक्र्याएपछि भयो ।

सेमिकन्डक्टर इलेक्ट्रोनिक्स( अर्धसुचालक विद्युतीय वस्तु)

सन् १९४७मा अर्धसुचालक विद्युतीय वस्तुहरूबाट पहिलो उपकरण ट्रान्जिस्टर पत्ता लगाउने त्रिवैज्ञानिक जोन बार्डिन, वाल्टर ब्राटेन र विलियम शकली हुन् । यद्यपि सेमिकन्डक्टिंग पदावलीको प्रयोग सन् १७८२मा इटलीका भौतिक शास्त्री एलेसान्द्रो भोल्टाले गरेका थिए । अनि सेमिकन्डकटरको प्रयोग गर्ने पहिलो रेडियो डिभाइसको प्याटेन्ट भारतीय वैज्ञानिक जगदीशचन्द्र बोसलाई १९०१मा प्राप्त भयो ।

रेडियो 

सन् १९०१मा इटलीका अविष्कारकर्ता गुग्लिल्मो मार्कोनीलाई पहिलो रेडियो संकेत प्रसारण गर्ने कार्यको विकास गरे । यसअघि यो प्रविधिको विकासमा निकोला टेस्ला र नाथन स्टब्लफिल्डले काम गरेका थिए । टेस्लाले रेडियोको सार्वजनिक प्रदर्शन १८९३मा  गरेका थिए ।

बर्थ कन्ट्रोल पिल( जन्म निरोधक चक्की)

अस्ट्रियामा जन्मेका अमेरिकी रसायनशास्त्री डा. कार्ल द्जेरासीलाई जन्म निरोधक चक्कीका पिता भनिन्छ । सन्१९५७मा एफडीएद्वारा उनको अनुसन्धान प्रमाणित गरिएको थियो । अनि १९६०मा यो गर्भ निरोध कार्यका लागि प्रयोगमा आयो ।

मोबाइल

सन् १९७३मा मोटोरोलाका  जोन एफ मिचेल र मार्टिन कूपरले पहिलो मोबाइल ह्यान्डसेटको प्रदर्शन गरेका थिए । तर व्यापारिक मोबाइल ह्यान्डसेट १९८३मा उपलब्ध हुन सकेको थियो ।

माइक्रोस्कोप(सूक्ष्मदर्शक यन्त्र)

सन् १६२०को दशकमा कार्नेलिस ड्रेब्बेले माइक्रोस्कोपको निर्माण गरेका थिए । यसअघि १३ औं शताब्दीमा सामान्य ठूलो हेर्ने शीसाको निर्माण भएको पाइन्छ । ग्रीकहरूले इशापूर्व पाँचौ शताब्दी तिर पानी भरेको चक्रको प्रयोग गरिने चर्चामा छ ।

थ्रीडी प्रिन्टर(त्रिआयामी मुद्रक)

हिदेओ कोदामाले सन् १९८१को शुरूमा थ्री डी प्रिन्टिंगका उपकरण र वस्तुहरूको विकास गरेको भनिन्छ । तर यो उपकरणले लोकप्रियता सन् २०००को दशकमा पायो । सुधारिदो प्रविधिले यसलाई सबैका समक्ष सहजै उपलब्ध गराउन सक्ने भएपछि यसको लोकप्रियता बढेको हो ।

जेनेटिक इन्जिनियरिंग( अनुवांशिक अभियन्त्रीकरण)

जेनेटेकि इन्जिनियरिंगको प्रयोग सन् १९७३मा भयो । यो प्रविधिको प्रयोग एक जीवाणु  इ कोलि ब्याक्टेरियममा भएको थियो । यो प्रविधिको विकासको लाभदायी परिणाम चरम रूपमा चिकित्सा क्षेत्रमा देखिएको छ । प्राण घातक रोगहरूको खतराबाट जोगाउन , नयाँ जीवन दिन, साना अंगहरूको पत्ता लगाउन यसले मदत गरिरहेको छ ।

ब्लुटुथ 

एरिक्सनले सन् १९९४मा ब्लुटुथ पत्ता लगाए र सन् १९९९मा यसलाई सार्वजनिक गरे । तर यो आम मानिसहरूका लागि उपलब्ध २१औं शताब्दीमा मात्र भयो ।

स्रोतः एमएसएनडटकम

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?