आईएमई पे र दराजबीच सम्झौता, आईएमई पेबाट भुक्तानी गर्दा यस्ता छुट

लोकपथ
49
Shares

काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धन आईएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ ।

आईएमई पे सेवाग्राहीले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

उक्त सम्झौतापत्रमा आईएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका हुन् ।

आइएमई पे सेवाग्राहीले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि २०७९ वैशाख ७ गतेसम्मका लागि आईएमई पेमार्फत अग्रीम भुक्तानीमा अभियानको पहिलो दिन बिहान १२ देखि १२:३० सम्म १० प्रतिशत छुट,  १००० रूपैयाँ अधिकतम र अभियान सुरु भएको पहिलो आधा घण्टापछि दैनिक रस आवर आधा–घण्टामा १० प्रतिशत छुट अधिकतम  ७५० रूपैयाँसम्म हुने व्यवस्था मिलाइएको छ ।

रस आवरको समय बिहान ८ बजेदेखि ८:३० सम्म र दिउँसो ३ बजेदेखि ३:३० सम्म हुनेछ साथै दराजको १ रूपैयाँको गेममा पनि सहभागी भएर साससुङ ए ०३ कोर, क्यु एन्युड क्वीन साइज बेड, नराजो ५० रियल मीजस्ता आकर्षक उपहार पनि जित्न सक्नेछन् । यस अभियानको मोडालिटी सामूहिक भाैचर हुनेछ जहाँ प्रयोगकर्ताले आईएमई पे भौचर संकलन गरी छुट रिडिम गर्नेछन् ।

यस सम्झौताको मुख्य उद्देश्य आईएमई पे सेवाग्राहीहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु हो । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहकहरुलाई विशेष सहयोग पुग्ने विश्वास आईएमई पेलेलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?