काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डेबिट तथा क्रेडिट कार्डवाहकहरुलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुटसहितको योजना ल्याएको छ ।
नेपालीहरुको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले कार्डवाहकहरुले दराजबाट आफूलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशतसम्मको छुटको सुविधा उपयोग गर्नसक्ने बैंकले जनाएको छ ।
बैंकको कार्डबाहकहरुले यस योजनाबाट आफूलाई आवश्यक सामान दराजबाट खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको क्रेडिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत वा अधिकतम १५०० र डेबिट कार्ड प्रयोग गर्नुभएमा १० प्रतिशत वा अधिकतम १००० सम्म छुटको पाउनेछन् ।
साथै, कार्डवाहकहरुले सस्तोडिलमा आफुलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्नुभएमा २०% वा अधिकतम रु.२,००० सम्मको छुट पाउने बैंकले जनाएको छ ।
नयाँ वर्षको योजनामा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया