म्यानको कार्यसमितिमा मुक्तिनाथ बैंकका सीईओ प्रदयूमन पोखरेल विजयी

लोकपथ
77
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं डेभलपमेन्ट बैंकर्स एसाेसिएसन नेपालका अध्यक्ष प्रदयूमन पोखरेल नेपाल व्यवस्थापन संघ (म्यान)को कार्यकारिणी समितिमा व्यक्तिगततर्फ विजयी भएका छन् ।

शनिबार राजधानीको याक एन्ड यति होटेलमा नेपाल व्यवस्थापन संघले आयोजना गरेको समारोहमा उक्त मतदानको विजेताहरुको मत संख्याका बारे जानकारी गराइएको थियो ।

म्यानको कार्यसमितिमा नयाँ नेतृत्वबाट बैंकका सम्पूर्ण कर्मचारीहरुमा थप उर्जा मिल्ने बैंकले विश्वास लिएको बताइएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको ATM Card प्रयोग गरी नेपालभरि रहेको  VISA Networ  मा आबद्ध अन्य जुनसुकै बैंकको ATM Machine बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ कर्जा सेवा आदिजस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?