एनसीसी बैंक र नेपाल राष्ट्रिय नाई संघबीच क्यूआर कोडसम्बन्धी सम्झौता

लोकपथ
14
Shares

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरताअन्तर्गत बैंकिङ कारोबार, बचतका फाइदा तथा क्यूआर कोडबाट हुने कारोबार सम्बन्धमा विस्तृत रुपमा जानकारी गराएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय नाई संघमा आवद्ध देशैभरिका सात सयभन्दा बढी नाई सदस्यहरुको सहभागिता रहेको थियो । नेपाल राष्ट्रिय नाई संघमा आबद्ध नाईहरुलाई क्यूआर कोड सेवा प्रदान गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता समेत भएको छ ।

यस सम्झौताअन्तर्गत नेपाल राष्ट्रिय नाई संघमा आबद्ध भई क्यूआर कोड सेवा लिएका नाईलाई बैंकले उपलब्ध गराउने सेवा सुविधामा उच्च प्राथमिकता दिने तथा शुल्कहरुमा आवश्यक छुट दिनेछ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट नायब महाप्रबन्धक मुकुन्द सुबेदी र नेपाल राष्ट्रिय नाई संघका तर्फबाट अध्यक्ष पल्टन ठाकुरले हस्ताक्षर गरेका छन् ।नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) बैंकले ग्राहकहरुमाझ थुप्रै खालका सेवा सुविधाहरु ल्याउँदै आएको छ ।

बैंकले ल्याएका विभिन्न खालका नयाँ र आकर्षक सेवा सुविधाका कारण ग्राहकहरुको आकर्षण बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?