माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रले २४ सै घण्टा सेवा प्रदान गर्ने

लोकपथ
77
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसर परि आफ्नो ग्राहक सेवा केन्द्रलाई दिनको २४ सै घण्टा र हप्ताको सातै दिन सञ्चालनमा ल्याउने गरि सुरुवात गरेको छ ।

बैंकिङ क्षेत्रमा नयाँ नयाँ स्मार्ट सुविधाहरुसहित विभिन्न ट्रेण्ड सेट गर्दै आएको बैंकले ग्राहकवर्गलाई मध्यनजर गर्दै बैंकले यसअघि सिमित अवधिका लागि संचालन गरिरहेकोे सेवा हरेक दिन २४ सै घण्टा संचालन गर्ने व्यवस्था मिलाएको हो । ग्राहक सेवा केन्द्रले ग्राहकवर्गलाई परेको समस्याको समाधान बैंकको औपचारिक सामाजिक सञ्जालतथा टेलिफोन मार्फत सुविधा दिँदै आईरहेको छ ।

बैंकको गुणस्तरीय सेवा विस्तारका साथै देश तथा विदेशमा रहेका ग्राहकहरुलाई बैंकसँग सम्बन्धित सूचनाआदान–प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भुमिका खेल्नेछ । ग्राहकहरुले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्नेछन् । जसबाट ग्राहकहरुले बैंकसँग सम्बन्धित विभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथा अन्य कुराहरुको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुने बैंकले जनाएको छ ।

स्थापनाकाल देखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ«े बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाताखोल्ने, क्यू.आर.कोड लगायतकाथुप्रै अत्याधुनिकप्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६५शाखारहित बैंकिङ सेवा, २०३ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?