सिद्धार्थ इन्स्योरेन्सको २०औँ वार्षिक साधारणसभा सम्पन्न

लोकपथ
7
Shares

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको बुधबार सम्पन्न उक्त साधारणसभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए ।

आ.व. २०७७–०७८ मा कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत दुई अर्व ३५ करोड ९५ लाख ६८ हजार बीमा शुल्क आर्जन गरेको थियो भने चालु आ.व.को साधारणसभाको दिनसम्म कम्पनीले एक अर्ब ९२ करोड बीमा शुल्क आर्जन गरी सकेको जानकारी गराइयो ।

सभाले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब १२ करोडको १५ प्रतिशत वोनस सेयर गर्ने तथा कर प्रयोजनार्थ शुन्य दशमलव ७८ प्रतिशत नगद लाभांश प्रदान गर्ने र मर्जर सम्बन्धि विशेष प्रस्ताव समेत पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?