काठमाडाैं : भारतको उत्तर प्रदेशस्थित ग्रेटर नोयडामा दुर्इवटा भवन भत्कँदा दर्जनाैं व्यक्तिको मृत्यु भएको अाशंक छ । हालसम्म उद्दारकर्ताहरूले दुर्इ जनाको शव निकालेका छन् ।
मंगलबार राति नोयडाको शाह बेरी गाउँका दुर्इ अग्ला भवन एकैसाथ भत्किएका थिए । यी दुर्इमध्ये एउटा भवन निर्माणकै क्रममा थियो भने अर्को भवन दुर्इ बर्षअघि मात्र निर्माण गरिएको थियो ।
घटनास्थलमा भारत सरकारले नेशनल डिजास्टर रेस्पोन्स टीम (एनडीअारएफ) समेत परिचालन गरेकाले हताहति ठूलो हुन सक्ने बतार्इएको छ ।
भत्किएका भवनहरू बसोबास गर्ने मानिसको एकीन संख्या पत्ता लागेको छैन ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी अादित्यनाथले भवन भत्किएको घटनाको अध्ययन गर्न सरकारी अधिकारीहरूलार्इ निर्देशन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया