जुम्ला : चिकित्सा क्षेत्रमा सुधार गर्न माग राख्दै डा. गोविन्द केसी जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत छन् । अामरण अनसनमा बसेको १८ दिन बितिसक्दा पनि सरकारले केसीको माग पुरा गर्न कुनै सुनुवार्इ नगरेपछि जुम्लाबासीले यो बर्षको साउने सक्रान्ति राँको बालेर मनाएका छन् ।
नागरिक समाज जुम्लाको संयोजनमा मंगलबार बेलुकी स्थानीय जुम्लाबासी बालमन्दिरमा कालो ब्यानर र प्लेकार्डसहित सरकारको विरोधमा उत्रिएका छन् ।
जुम्लाबासीले अनसनरत गोबिन्द केसीले राखेका मागहरू पुरा गर्न, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तुरून्त एमबीबीएस सञ्चालन गर्न र स्वास्थ्य क्षेत्रमा सुधार गर्न माग राख्दै राँको बालेका छन् ।
अनसनरत केसीको स्वास्थ्यस्थिति जटिल बन्दै गर्इरहेको चिकित्सकहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया