एजेन्सी : मानिस भित्र बदलिने मनोभावहरूको असर मानिसका अनुहारमा भइरहने गरेको हुन्छ । खुशी होउन वा दुखी, सामान्य होउन वा आतंकित सबै भावहरूको असर अनुहारमा हुने गरेको पाइन्छ ।
मानिसहरूमा यस्तो भाव पढ्ने संवेदनशीलता हुने गर्छ । तर अब यो काम क्यामराले गर्नेछ । अनुहार पहिचान गर्ने प्रविधिलाई फेसियल रिकगनिशन टेकको रूपमा बुझिन्छ ।
यो प्रविधिमा काम गरिरहेका केही कम्पनीहरूले मानिसको अनुहार पढेर उनीहरूको शंकास्पद गतिविधिमाथि निगरानी गर्ने क्यामराको निर्माण भइरहेको दाबी गरेका छन् ।
तर यसको प्रयोग भएमा यसले गोपनीयता र नागरिक स्वतन्त्रतालाई असर गर्छ कि गर्दैन भन्ने बहस पनि सँगसँगै शुरू भएको छ । फेसियल रिकगनिशन टेकको प्रयोग दशकौं देखि भइरहेको छ ।
तर यस क्षेत्रमा दृष्टि गणना(कम्प्युटिंग भिजन) गर्न सक्ने प्रविधिको उन्नति र कृत्रिम बौद्धिकताको (आर्टिफिसल इन्टेलिजेन्स–एआई)विकास भएयता भएको प्रगतिले छलांग पछि छलांग मारिरहेको देखिएको प्रविधि विज्ञहरू बताउँछन् ।
यो प्रविधिको उपयोग सीमामा मानिसहरूलाई पहिचान गर्न , स्मार्टफोन खोलन, अपराधीहरूको पहिचान गर्न र बैंकिंग कारोबारका लागि प्रमाणीकताको पहिचान गर्ने क्षेत्रमा भइरहेको छ ।
तर यस क्षेत्रमा क्रियाशील केही कम्पनीहरूले यो प्रविधिको प्रयोग गरी मानिस भित्र चलिरहने भावहरूलाई पढन सक्ने र त्यसलाई पत्ता लगाउन सकिने दाबी गरिरहेका छन् ।
सन् १९७०को दशकदेखि मनोवैज्ञानिक(साइकलजिस्ट)हरूले तस्विर र भिडियोमा देखिने अनुहारको मसिना अभिव्यक्तिहरूको अध्यययन गरी लुकेका मनोभावहरूका पहिचान गर्न सक्ने सक्षम भएको बताउँदै आएका छन् ।
मनोवैज्ञानिकहरूले भनिआएको र गरिआएको यो काम लघुकण गणना र उच्च परिभाषा (अल्गोरिद्म्स र हाइ डिफनिशन) भएको क्यामराले गर्न सक्ने प्रविधि क्षेत्रका कम्पनीहरूको भनाइ छ ।
आईएचएस मार्किटमा भिडियो निगरानी क्षेत्रका विज्ञ ओलिभर फिलिप्पउले भने “व्यापारिक प्रयोजनका लागि यसको प्रयोग भइरहेको तपाईहरूले हेरिरहनु भएको छ ।”
फिलिप्पउ भन्छन् “ सुपरमार्केटले कुनाकाप्छामा यसको प्रयोग मानिसको पहिचानका लागि मात्रै नभई कुन उमेर र लिंगका मानिसहरूको आधारभूत मानसिकता (मुड) कुन अवस्थामा छ त्यसको व्याख्या गर्न पनि गरिन्छ ।
यसले सुपरमार्केटलाई ती व्यक्तिहरूको रूचिका आधारमा वस्तुहरू बिक्री गर्न सहज निर्णय लिन सघाउँछ ।”
बजार अनुसन्धान नियोग कन्तार मिलवार्ड ब्राउनले टेलिभिजन विज्ञापनहरूप्रति उपभोक्ताहरूले कसरी प्रतिक्रिया जनाउँछन त्यसको पहिचान गर्न अमेरिकी कम्पनी अफेक्टिभाले बनाएको प्रविधिको उपयोग गर्छ ।
अक्टिभाले अनुमति लिएर मानिसहरूको अनुहारको भिडियोको अध्ययन गरी रेकर्ड बनाउँछ । त्यसपछि त्यसको हरेक भिडियो फ्रेममा देखा पर्ने मानिसहरूको मुडको अभिव्यक्तिको अध्ययन गर्छ ।
कान्तार मिलवार्ड ब्राउनका प्रवन्ध निर्देशक ग्राहम पेजले भने “हामी मानिसहरूसँग कुराकानी गर्छौ र उनीहरूले व्यक्त गर्ने भावहरूका मसिना मसिना अभिव्यक्तिहरू प्राप्त गर्छौ ।
यसबाट हामीले मानिसहरूले टेलिभिजनमा प्रस्तुत गरिएको विज्ञापनको कुन पक्षमा कस्तो अभिव्यक्ति व्यक्त गर्छ त्यसलाई हेर्न सकिने र पत्ता लगाउन सकिन्छ ।”
प्रहरी वा सुरक्षाकर्मीहरूले हाउभाउको पहिचान सुरक्षा उद्देश्यले गर्ने विषय बढी विवादस्पद देखिन्छ ।
बेलायती कम्पनी वीसीले अनुहार पढन तालिम नलिइएका आँखाका लागि हेर्न नसकिने शंकास्पद व्यवहारको पहिचान एआई प्रविधिले गर्न सक्ने दाबी गरेको छ ।
व्यक्तिले प्रयोग गर्ने भाषाका आधारमा मानिस भित्र शंका र क्रोध जस्ता भावनाहरू लुकि बसेको हुन सक्छ ।
वीसीले मानिसहरूको व्याख्या उनीहरूसँग गरिएको अन्तर्वार्ताका आधारमा गर्न हामीहरूले कानुन कार्यान्वयन गर्ने उच्च तहको संगठनसँग मिलेर गरिरहेको जनाउँछ ।
सुरक्षाकर्मीहरूले यसको प्रयोग सम्भावित आतंकवादी खतराको पूर्वानुमान गर्न मानिसहरूको शंकास्पदा व्यवहारको पहिचान गर्न गर्छन् । यसको प्रयोग फुटबल म्याच र राजनीतिक-यालीहरूमा प्रयोग गर्न सकिन्छ ।
तर फिलिप्पउले हाउभाउ पहिचान गर्ने प्रविधिको परिणामको शुद्धताको (अकुरेसी) स्तरका बारेमा शंका गर्छन् ।
उनका अनुसार यसमा हुने त्रुटी धेरै भएपनि धेरै कम्पनीहरूले यसको अकुरेसी) ९० देखि ९२ प्रतिशतसम्म हुन्छ ।
हाउभाउको अध्ययन गर्दा यसको त्रुुटी महत्वपूर्ण हुने उनले जनाए ।
यो प्रविधिबारे गोपनीयता अभियानकर्ताहरूले चिन्ता व्यक्त गरेका छन् ।
फेसियल रिकगनिशन टेकको प्रयोग गलत वा पूर्वाग्रही मनसायले फैसला लिन सघाउने आंशका उनीहरूको छ ।
साथै उनीहरूले मानिसहरूको गोपनीयतासम्बन्धी अधिकारको उल्लंघन भएको दाबी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया