काठमाडाैं : पञ्चकन्या मार्इ हार्इड्रोपावरले मंगलबारदेखि सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर (अार्इपीअो) मा शुरूकै दिन कित्तासंख्याभन्दा बढि अावेदन परेको छ।
पञ्चकन्याले सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीलार्इ १० लाख १ हजार कित्ता शेयर निष्काशन गरेको छ । मंगलबार नै निष्काशन गरेका सवै कित्तासहित थप ३ लाख कित्ता बराबरको रकम अावेदन परेको छ ।
पञ्चकन्याको अार्इपीअो बिक्री प्रबन्धक सनरार्इज क्यापिटलका अनुसार १३ लाख कित्ताका लागि १८ हजार अावेदकले खरिद अावेदन दिएका छन् ।
पञ्चकन्याले यसअघि नै आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ११ लाख कित्ता आर्इपीओ वितरण गरिसकेको छ । आजदेखि बिक्री खुला भएको ११ लाख कित्तामध्ये कम्पनीका कर्मचारीलार्इ ११ हजार कित्ता र सामूहिक लगानी कोषका लागि ५५ हजार कित्ता छुट्यार्इएको कम्पनीले जानकारी दिएको छ । बाँकी १० लाख १ हजार कित्ता शेयर सर्वसाधारणलार्इ मात्र बेचिनेछ ।
१ अर्ब १० करोड चुक्ता पूँजी रहेको यो कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत अर्थात ११ करोड रूपैयाँ बराबरको आर्इपीओ सर्वसाधारणका लागि छुट्याएको हो । पञ्चकन्याको आर्इपीओले र्इक्रा रेटिङ-४ प्राप्त गरेको छ ।
१२ मेगावाटको अपरमार्इसँगै यो कम्पनीले थप ६।१ मेगावाटको मार्इ क्यास्केड आयोजना पनि बनार्इसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया