सिटिजन्स बैंकले पायो एफपीअो ल्याउने अनुमति

काठमाडाैं : पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डले सिटिजन्स बैंकलार्इ प्रतिकत्ता २०० रूपैयाँका दरले ४ लाख ६३ हजार ८२६ कित्ता एफपीअो बिक्री गर्न अनूमति दिएको छ । 

संस्थापक र शेयरधनीको अनूपात ५१ र ४९ प्रतिशत कायम गर्नेगरि एफपीअो जारी गर्न सिटिजन्सले धितोपत्र बोर्डसँग अनुमति मागेको थियो । 

बोर्डले सिटिजन्सको प्रतिकित्ता शेयरको अंकित मूल्य १ सय रूपैयाँमा थप १ सय रूपैयाँ प्रिमियम जोडेर २ सय रूपैयाँमा एफपीअो निष्काशन गर्न अनुमति दिएको हो । 

दोस्रो बजारमा सिटिजन्सको शेयर मंगलबार २ सय ३३ रूपैयाँमा कारोबार भएको छ । 

सिटिजन्सले चुक्ता पूँजी ८ अर्ब २ करोड ९१ लाख ६० हजार रूपैयाँ कायम गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?