काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा बचतकर्ताहरुको हितलाई ध्यानमा राखेर शताब्दी बचत खाता सञ्चालनमा ल्याएको छ ।
शताब्दी बचत खातामा ग्राहकहरुले वार्षिक आठ दशमलव शून्य तीन प्रतिशतको उच्च ब्याजदरका साथसाथै सात लाख रुपैयाँसम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन् ।
यस खातामा एक लाखसम्मको स्वास्थ्य बीमा, एक लाख रुपैयाँसम्मको विभिन्न १८ घातक रोगको बीमा र पाँच लाख सम्मको दुर्घटना बीमाको व्यवस्था रहेको बैंकले जानकारी दिएको छ ।
शताब्दी बचतखाता खोल्दा ग्राहकहरुलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भिषा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो सेयर निःशुल्क प्रदान गरिने जानकारी पनि बैंकले दिएको छ ।
साथै शताब्दी खाता खोल्दा ग्राहकहरुलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरुमा विशेष प्राथमिकता साथ सेवा प्रदान गरिने छ । यो खाता बैंकका सम्पूर्ण शाखाहरुबाट खोल्न सकिने बैंकको भनाइ छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया