एजेन्सी : सौर्य परिवारको सबै भन्दा ठूलो र टाढा ग्रह वृहस्पतिका १२ चन्द्रमाहरू फेला परेका छन् ।
ती मध्ये एक चन्द्रमा आत्मघातीरूपमा कक्षामा परिभ्रमण गरिरहेको पाइएको खगोविद्हरूले बताएका छन् ।
आत्मघाती चन्द्रमाले ठोक्किएर ध्वंसात्मक विनास निम्त्याउने छ ।
अमेरिकी अनुसन्धानकर्ताहरूले रहस्यमय नवौं ग्रहको खोजी गरिरहेका बेला वृहस्पतिका १२ चन्द्रामा फेला पारेका हुन् ।
यो अनुसन्धानकर्ताहरूको समूहले गतवर्ष चीलीको सेरो टोेलोलो इन्टर अमेरिकन अब्जरभेटरीबाट यी चन्द्रमाहरूको अवलोकन गरेका थिए ।
त्यसको एक वर्ष पछि उनीहरूले त्यसको पुनर्पुष्टि गरेका छन् ।
यसअघि वृहस्पतिका कम्तीमा ६७ चन्द्रमा रहेको जानकारी थियो ।
यो खोजबाट अब बृहस्पतिका चन्द्रमाको संख्या ७९ पुग्यो ।
नयाँ १२ चन्द्रमा मध्येका ९ बृहस्पतिको कक्षाको बाहिरी समूहमा पर्छ ।
यसको अर्थ ९ चन्द्रमा ग्रहको विपरीत दिशामा परिक्रमा गर्छ । यी हरेक चन्द्रमालाई वृहस्पतिको परिक्रमा गर्न करिब दुई वर्षको समय लाग्छ ।
बाँकी दुई चन्द्रमाले वृहस्पतिले परिक्रमा गरेझै सोही दिशामा परिक्रमा गर्ने गर्छन् ।
यी चन्द्रमाहरूलाई एक वर्ष जतिको समय वृहस्पतिको परिक्रमा गर्न लाग्छ ।
खगोलविद्हरूका अनुसार नयाँ चन्द्रमाहरू एक किलोमिटर भन्दा कम फराकिलो छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया