बन्द भयो याहू म्यासेन्जर, कहाँनिर चुक्यो?

अमेरिका । इस्ट्यान्टट म्यासेजिङको दुनियाँमा कुनै समय प्रयोगकर्ताको मन जितेको याहू म्यासेन्जर बन्द भएको छ । यो म्यासेन्जरलाई म्यासेजिङको दुनियाँमा क्रान्ति ल्याउने एपका रुपमा पनि हेरिन्छ ।

एउटा समय थियो, याहु म्यासेन्जरले जसरी कुरा गर्न सकिन्छ भन्ने कल्पना पनि गरिएको थिएन । इन्टरनेटमा क्रान्ति ल्याएको यो म्यासेन्जरलाई १७ जुलाईदेखि बन्द गरिएको छ । याहूले भनेको छ, ‘हामीले नयाँ र अझै स्तरीय टुल ल्याउनका लागि याहू म्यासेन्जर बन्द गरेका हौं ।’

जसले म्यासेजिङको दुनियाँमा चमत्कार नै ग¥यो, त्यो अहिले बन्द हुने अवस्थामा पुग्नुको कारण यस्तै अन्य टुल आउनु पनि हो । योभन्दा बढी फिचर दिएका अन्य सोसियल साइट आएपछि यसको लोकप्रियता घट्दै गएको थियो ।

टेक्नोलोजीको दुनियाँमा शीर्ष भूमिकामा रहेको यो म्यासेन्जरले अन्य यस्तै टुलसँग बजारअनुकुल प्रतिस्पर्धा गर्न नसक्दा गुमाउनु परेको प्रयोगकर्ता बताउँछन् । समय अनुसार परिवर्तन गर्न नसक्दा नै याहूले प्रयोगकर्ता गुमाउँदै गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?