काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का र भलिबल खेलाडी प्रतिभा मालीलाई एक वर्षका लागि ब्राण्ड एम्बेसडर बनाएको छ ।
काठमाडौंमा बुधबार एक कार्यक्रमको आयोजना गरि दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तर कति रकममा हस्ताक्षर गरिएको त्यो भने खुलाइएको थिएन् ।
बैंकका डेपुटी ‘सीईयो’ जिवन भट्टराईले खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले सेन्चुरीले नेपाली खेल क्षेत्रका दुई चर्चित खेलाडीलाई ब्राण्ड एम्बासडर बनाएको बताए ।कार्यक्रममा राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले खेललाई व्यवस्थित बनाउन कर्पोरेट क्षेत्रले खेलकुदमा लगानी गर्नुपर्ने बताए ।
यता भलिवलकी मालीले ब्राण्ड एम्बासडरको रुपमा आफुलाई नियुक्त गरेकोमा धन्यवाद दिदै यसले आउदो पुस्तालाई सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
खेल क्षेत्रसँग सम्बन्ध जोड्दै आफ्नो सेवाको विकास र विस्तार गर्न नेपाली खेलकुदका दुई चर्चित व्यक्तित्वलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया