काठमाडौं । नेपाली टिमका मुख्य प्रशिक्षक जगत टमाटाले शक्ति गौचनको अभाब सधै टिममा हुने बताएका छन् ।
इंग्ल्याण्डको लर्डस् क्रिकेट मैदानमा हुने त्रिकोणात्मक श्रृङखलामा सहभागी हुने खेलाडी बिदाई कार्यक्रममा बोल्दै प्रशिक्षक टमाटाले नयाँ खेलाडीले गौचनको स्थान लिन निक्कै समय लाग्ने जानकारी दिए ।
‘शक्ति जस्तो प्रतिभावान खेलाडी जन्माउन टिमलाई समम लाग्नेछ तर नजन्मिने भन्ने चाहि होइन् तर अलि समय लाग्न सक्छ।’ उनले भने
साथै, शक्तिले खेल जिवनबाट सन्यास लिएपछि पनि नेपाली क्रिकेट टिमलाई सपोर्ट गरोस भन्ने इच्छा रहेको प्रशिक्षक टमाटाले बताए ।
आगामी साउन १३ गतेदेखि शुरु हुने नेपालसहित मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्डस्ले त्रिकोणात्मक श्रृङखलाका लागि नेपाली खेलाडीहरु उत्साहित रहेको पनि प्रशिक्षक टमाटाले जानकारी दिए ।
उनले भनेका छन्, ‘एक दिवसीय मान्यता पाएपछि नेपाली खेलाडीले कडा मेहनत गरेका छन्। सवै जनाले वान डे म्याच जित्ने लक्ष्य लिएर अभ्यास गरिरहेका छन्, वान डेको मान्यतासँगै ४ वर्षसम्म नेपाली क्रिकेट र खेललाई कसरी लाने भन्ने चाहि महत्वपूर्ण हो ।’
डिभिजन ‘टु’ देखि सुधारिएको खेल खेल्दै आएको नेपाली टिमभित्र पनि सिनियर र जुनियर खेलाडीविच कस्ले राम्रो खेल खेल्ने भनेर प्रतिस्पर्धा हुने गरेको उनले बताए ।
यता नेपाली टिमका कप्तान पारस खड्काले एक दिवसिय खेल ऐतिहासिक हुने जानकारी दिए ।
‘अहिले टिमको ब्यालेन्स राम्रो छ । ब्याटिङ लाइन, मिडिल अर्डर र स्पिनर सबै पार्ट राम्रो छ । महत्वपूर्ण कुरा भनेको खेलाडीहरुमा म्याच्योरेटी आएको छ । युवा खेलाडीहरुले सिनियर खेलाडीहरुलाई सधै राम्रो खेल खेल्नु पर्छ भनिरहेको हुन्छ। समग्रमा सबैले एउटै लक्ष्य लिएर अगाडी बढ्ने हो भने अवस्य नजिता राम्रो आउनेमा विश्वस्त छु।’ कप्तान पारसले भने ।
तस्वीर : विनोद थापा
यता तीन वर्ष पछि सुवास खकुरेल टिममा फर्किदा विकेट किपर र ओपनर ब्याट्म्यानको समस्या हटेको कप्तान पारसले बताए । लामो समयदेखि इन्जुरीका कारण राष्ट्रिय टिममा फर्कन नसकेका खकुरेलको आगमनले टिममा खुशी छाएको पनि उनले बताए ।
यसैविच राष्ट्रिय खेलाडीहरुलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बिदाई गरेका छन् । नेपालसहित मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्डस्ले आगामी साउन १३ गते प्रतिस्पर्धा गर्दैछन् ।
शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । त्यसको ३ दिनपछि नेपालले एकदिवसीय खेलमा डेब्यू गर्नेछ ।
नेदरल्यान्ड्सविरुद्ध २ खेलको सिरिज खेल्दै नेपालले एकदिवसीय खेलमा डेब्यू गर्नेछ । एकदिवसीय खेल आगामी साउन १६ र १८ मा नेदरल्यान्ड्समा हुनेछ ।
नेपालले गत चैत १ मा एकदिवसीय मान्यता पाएको थियो। नेपालले सन् २०१६ पछि नेदरल्यान्ड्स भ्रमण गर्न लागेको यो पहिलो पटक हो । ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया