काठमाडौं । अभिनेता यश, श्रीनिधि शेट्टी, राव रमेश, रविना टण्डन, प्रकाश राज र सञ्जय दत्त समावेश रहेका स्टार फिल्म ‘केजीएफ च्याप्टर २’ ले सिनेमा जगतमा हलचल मच्चाएको छ ।
पहिलो दुई दिनमै विश्वभर २७० करोड कमाएको फिल्म केजीएफ २’ले आइतबारसम्म ५ सय करोड नाघ्ने आकलन गरिएको छ ।
फिल्मको कमाइको गतिलाई हेर्दा अब यो फिल्म कन्नड सिनेमाको पनि १ हजार करोड कमाउने पहिलो फिल्म बन्नसक्ने अनुमान गरिएको छ । फिल्मको तेस्रो दिनको ओपनिङको आँकडा आएको छ । फिल्म ‘केजीएफ २’ ले लगातार तीन दिन हिन्दीमा ४० करोडभन्दा बढी कमाइ गर्ने नयाँ कीर्तिमान बनाएको छ । हिन्दीमा रिलिज भएको फिल्म ‘केजीएफ २’ले दुई दिनमै बक्स अफिसमा तरङ्ग ल्याएको छ ।
‘केजीएफ २’ ले रिलिजको तेस्रो दिन अर्थात् शनिबार घरेलु बक्स अफिसमा करिब ९३ करोड रुपैयाँ कमाएको प्रारम्भिक तथ्यांकले देखाएको छ । जसमध्ये ‘केजीएफ २’ हिन्दीको मात्रै कुल कमाइ ४८ करोड रुपैयाँ रहेको बताइएको छ ।
फिल्मले ओपनिङ ग्रस फिगरमा तेस्रो दिन कन्नडमा १३.५० करोड, तेलुगुमा १६ करोड, तमिलमा ८ करोड र मलायालममा ७ करोड रुपैयाँ कमाएको छ ।
फिल्मको तेस्रो दिनको नेटवर्थ पनि घरेलु बक्स अफिसमा करिब ८० करोड भारु कमाउने अनुमान गरिएको छ । यसको हिन्दीमा कुल कमाई ४२ करोडको हाराहारीमा हुन सक्छ।
‘केजीएफ २’ले पहिलो दुई दिनमा भारतको बक्स अफिसमा सय करोड कमाउने एक मात्र फिल्म होइन । यसअघि ‘बाहुबली २’, ‘दंगल’, ‘सञ्जु’, ‘टाइगर जिन्दा है’, ‘बजरंगी भाइजान’, ‘वार’, ‘सुल्तान’, ‘धूम ३’, ‘प्रेम रतन धन पायो’ ले रिलिजको तेस्रो दिन बक्स अफिसमा सय करोड कमाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया