अचम्मको नदी, जसले हरेक मौसममा रंग बदल्छ

हर समय बगिरहेको नदीले रंग बदल्छ भन्दा धेरैलाई अचम्म लाग्नु स्वभाविक हो । संसारमा विराट सुन्दर छ, जुन सुन्दरताको राज अझैसम्म कसैले थाहा पाउन सकेको छैन ।

संसारमा एउटा त्यस्तो नदी छ, जसले मौसम अनुसार रंग बदल्छ । कोलम्बियाको कानो क्रिस्टल नामको नदीको यस्तै विषेशता छ ।

यो नदीको विषेशता के छ भने जब मौसम परिवर्तन हुन्छ, तब नदीले रंग फेर्न थाल्छ । यो नदी रातो, हरियो, नौरंगी, पहेँलो आदि आदि हुन्छ । त्यसैले यो नदीलाई ‘लिक्वीड रेन्बो’ पनि भनिन्छ ।

सन् २००० भन्दा पहिले यहाँ हिंस्रक गतिविधिका केही गुट रहने गर्थे । जसका कारण नदीका आसपासको इलाका सुरक्षित थिएन । तर अहिले यसको ३० किलोमिटरको क्षेत्रमा कोलम्बियाको अधिकार चल्छ । यहाँ अहिले आरामले घुम्न सकिन्छ ।

केहीले यो नदी देखेर निकै नै अचम्म मान्ने गर्छन् । खास मौसममा सूर्यको प्रकाश र पानीको सीमासँगै यसले रंग बदल्ने गर्छ ।

जनवरीदेखि मे महिनासम्म यहाँ पर्यटकलाई जान निषेध गरिएको हुन्छ । किनकि, गर्मी हुने गर्छ । यो नदीको रंग धेरैजसो हल्का या गाढा गुलाफी हुने गर्छ । तर कहिलेकाहीं नीलो, पहेँलो, नौरंगी र हरियो पनि हुने गर्छ ।

यो नदी हेर्न संसारभरका मान्छे त्यहाँ पुग्ने गर्छन् भने स्थानीयका लागि पनि यो नदी छेउ पिकनिक स्पट बनेको छ ।

प्रकृतिलाई बचाइराख्नका लागि यहाँ केही नियम भने बनाइएको छ । यो क्षेत्रमा सात भन्दा बढी ग्रुप भएर जान पाइँदैन । यो क्षेत्रमा एक दिनमा दुईसय भन्दा धेरै पर्यटक जान नपाइने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?