मान्छे उडाउने पोशाक ‘आइरन म्यान’ बिक्रीमा

एजेन्सी : मान्छे उडाउने पोशाक ‘आइरन म्यान’ अब किन्न पाइने भएको छ । यो जेट सुटको निर्माण बेलायतको एक खुद्रा व्यापारीले गरेको छ ।

लन्डनको डिपार्टमेन्टल स्टोरमा यसको एक सुटको मूल्य ३ लाख ४०  हजार पाउन्डस्टर्लिंग पर्ने गरी बिक्रीमा छ ।

रिचार्ड ब्राउनिंगले सिलिकन भ्यालीका उद्यमीहरूको लगानी ल्याएर यो पोशाकको निर्माण गरे र अब उनले यसलाई बिक्रीका लागि खुला गरेका छन् ।

ब्राउनिंगले यो पोशाक लगाएर उडेर देखाए । आँखाबाट पानी चुहाउने मूल्य भएको यो पोशाकको अडर दिने ९ जना उपभोक्ता भइसकेका छन् ।

जेट सुट पहिलो हवाइजहाज जस्तै  भएको प्रदर्शनीमा देखियो ।

यो पोशाकमा इलेक्ट्रोनिक डिभाइस र ३डी जस्ता उपकरण जडान गरिएको छ ।

जेट इन्धन वा डिजेलबाट चल्ने यो पोशाक प्रतिघन्टा ३२ किलोमिटर टाढा र १२ हजार फिट माथिसम्म उडन सक्छ ।

तर ब्राउनिंगले केही मिटरमाथि मात्र उडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?