काठमाडाैं : स्वास्थ्य क्षेत्रमा सुधार र माफियाकरण अन्त्यको माग राख्दै जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोबिन्द केसीलार्इ लिन सरकारी प्रतिनिधीसहितको हेलिकोप्टर बिहिबार बिहानै जुम्ला पुग्यो ।
तर, जुन प्रयोजनका लागि सरकारी अधिकारीहरू अस्पताल पुगे, त्यसअघि नै केसीले अाफ्ना माग पुरा नगरि गुण्डागर्दी शैली नदेखाउन सरकारलार्इ चेतावनी दिर्इसकेका थिए ।
उपचारका नाममा अपहरण गरेर अनसन तुहाउन खोजेको केसीले अारोप लगाएपछि सरकारमाथि दबाब बढेको छ ।
उता केसीलार्इ लिन गएको सरकारी टोलीलार्इ रोक्न जुम्लाका स्थानीय, विद्यार्थी एवं स्वास्थ्यकर्मीले कर्णाली शिक्षण अस्पतालको भ-याङमै मानवसाङ्लो बनाएर वाटो बन्द गरिदिएका छन् ।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो अवस्थाबारे सामाजिक सञ्जालमा यस्ता तस्बीरहरू प्रविष्ट भएका छन् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया