काठमाडौं । चर्चित गीतकार, गायक तथा संगीत निर्देशक प्रफुल्ल कारको आइतबार निधन भएको छ । उनको ८३ वर्षको उमेरमा निधन भएको हो ।
कला क्षेत्रमा योगदान पुर्याएको कारण प्रफुल्ल पटक पटक सम्मानित भएका थिए । उनलाई सन् २००४ मा जयदेव पुरस्कार र २०१५ मा पद्मश्री प्रदान गरिएको थियो ।
फेब्रुअरी १६, १९३९ मा पुरीमा जन्मेका प्रफुल्ल एक प्रतिष्ठित संगीतकार, गायक, गीतकार, लेखक र स्तम्भकार थिए। उनको मृत्यु हुँदा उनी भुवनेश्वरस्थित आफ्नै निवासमा थिए । उनको निधनमा देशका ठूला व्यक्तित्वहरुले शोक व्यक्त गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार उनको निधनमा शोक व्यक्त गर्दै भने कि उनी उडिया संस्कृति र संगीतमा उनको योगदानको लागि सधैं सम्झिनेछन्। उनले ट्वीट गरे, ‘श्री प्रफुलकर जीको निधनले म दुखी छु। उडिया संस्कृति र संगीतमा उनको अग्रगामी योगदानको लागि उहाँलाई सम्झिनेछ। उहाँको परिवारहरूलाई मेरो समवेदना। ओम शान्ति।’
Anguished by the passing away of Shri Prafulla Kar Ji. He will be remembered for his pioneering contribution to Odia culture and music. He was blessed with a multifaceted personality and his creativity was reflected in his works. Condolences to his family and admirers. Om Shanti.
— Narendra Modi (@narendramodi) April 18, 2022
ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले पनि उनको निधनमा शोक व्यक्त गरेका छन् । मुख्यमन्त्रीले स्वर्गीय प्रफुल्ल कारको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने पनि घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया