टिममा पर्नुभन्दा पनि प्रमाणित गर्न जरुरी छ : सुवास खकुरेल

काठमाडौं । सुवास खकुरेल। एक सफल ओपनर ब्याट्म्यान तथा विकेट किपर । सन् २०१४ देखि राष्ट्रिय टिमका आबद्ध २५ वर्षे युवा खेलाडी ।  

सन् २०१४ मा सम्पन्न हङकङविरुद्धको पहिलो टी—२० खेलबाट डेब्यु गरेका सुवास ३ वर्षको अन्तरमा पुनः राष्ट्रिय टिममा फर्किएका छन् ।

कमब्याकसँगै सुवासले पहिलो पटक अन्तर्राष्ट्रिय म्याच, त्यसमा पनि इंग्ल्याण्डमा हुने टी—२० सिरिज र नेदरल्याण्ड्समा हुने एकदिवसिय सिरिज खेल्ने मौका पाए। सुवासले सन् २०१२ सम्पन्न अमेरिकाविरुद्धको आइसिसि विश्व क्रिकेट लिग डिभिजन ‘फो’ को दौरान १ सय ४२ बलमा १ सय १५ रन बनाएका थिए ।

अन्तर्राष्ट्रिय सेन्चुरी हान्ने सुवास चौँथो नेपाली क्रिकेटर हुन् । चोट लगायतका समस्याले तीन वर्ष राष्ट्रिय टिमबाट बाहिरिदा निक्कै दुःख लागेको उनले बताए । 

‘नियमित राष्ट्रिय टिमबाट खेलिरहेका खेलाडी विभिन्न कारणबस टिमबाट बाहिरिदिा निक्कै पिडा भयो । कहिले खेल राम्रो हुँदैन थियो, कहिले स्वास्थ्यले साथ दिदैन थियो । मेरो लागि इन्जुरी हुनु नै खेलका लागि प्रतिबन्ध जस्तै भयो ।'

‘मेरो लागि त्यो पीडादायी क्षण थियो । यसबीचमा नेपाली राष्ट्रिय टिमका साथीहरुले जुन सफलता दिलाउनु भयो, त्यसमा भने म धेरै खुसी छु । पुनः अग्रज दाईहरु पारस, शक्ति, ज्ञानेन्द्र र बसन्तसँग फेरि खेल्न पाउदा एकदमै खुसी र गर्व लागेको छ।’ उनले भने । 

साथै, सुवासले राष्ट्रिय टिमबाट १२ वर्षसम्म नियमित खेल्ने इच्छा रहेको बताए । सुवासले सन् २०१५ जुलाई १५ मा भएको हङकङविरुद्धको टी—२० अन्तिम पटक राष्ट्रिय टिमबाट खेलेका थिए । 

‘नियमित राष्ट्रिय टिमबाट खेलिरहेका खेलाडी विभिन्न कारणबस टिमबाट बाहिरिदिा निक्कै पिडा भयो । कहिले खेल राम्रो हुँदैन थियो, कहिले स्वास्थ्यले साथ दिदैन थियो । मेरो लागि इन्जुरी हुनु नै खेलका लागि प्रतिबन्ध जस्तै भयो । तर अवस्य एकदिन पुनः टिममा फर्कन्छु भन्ने लाग्थ्यो र नियमित प्रर्दशनलाई सुधार्दै लगे । अन्ततः अहिले टिममा कमब्याक गरेको छु अब पहिलेको भन्दा राम्रो नतिजा ल्याउन प्रयास गर्नेछु।’ उनले थपे 

सन् २०११ मा आइसिसि यू—१९ विश्वकप छनोट खेलमा उनले हाफ सेन्चुरी प्रहार गरेका थिए । त्यस्तै, सन् २०१२ मा सम्पन ‘एसिसि ट्रफी एलिट कप’ मा संयुक्त अरब इमिरेट्विरुद्ध पनि ५० रनको महत्वपूर्ण योगदान दिएका थिए । 

‘मेरो राष्ट्रिय टिममा कमब्याक सहि समय भएको छ । वान डे म्यानमा मेरो कमब्याकले पक्कै केही नयाँ उपलब्धि हासिल गर्नेछ । म टिममा पर्नु भन्दा पनि आफूलाई प्रमाणित गर्नु चाही जरुरी छ । पहिला मैले जस्तो खेलेको थिए त्यसलाई निरन्तर दिन जरुरी छ।’ सुवासले भने । 

'पुनः अग्रज दाईहरु पारस, शक्ति, ज्ञानेन्द्र र बसन्तसँग फेरि खेल्न पाउदा एकदमै खुसी र गर्व लागेको छ।

साथै उनले नेपाली टिमको ओपनिङ चल्न नसकेको पनि बताए । ‘बीचमा नचलेको ओपनिङ अब चल्नेछ । पहिले ओपनिङ चल्न सकेको भए नेपालले अझ ठूलो सफलता हात पार्नेछ । साथै, हामी पहिलो एकदिवसीय खेल खेलेर इतिहास बनाउँदै छौ ।

त्यसैले यो खेलमा जे गरेपनि रेकर्ड बन्छ । त्यो सबै रेकर्ड मेरो नाममा राख्न चाहन्छु । यसका लागि म उत्कृष्ट प्रर्दशन गर्ने प्रयासमा हुनेछु ।

अब विकेटकिपङमा पनि राम्रो गर्ने कोशिस गर्नेछु । मेरो औंलाको चोट देखि सबै समस्याबाट मुक्त भइसकेको छु । खेल्न पाएभने विकेटकिपर ब्याट्सम्यान भएर नै खेल्नेछु ।’ उनले भने । 

नेपालले आगामी साउन १३ गते इंग्ल्यान्डको लर्ड्समा हुने नेदरल्यान्ड्स र एमसिसीसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्ने कार्यक्रम रहेको छ ।

त्यसपछि नेपाल नेदरल्यान्ड्स प्रस्थान गर्नेछ। साउन १६ र १८ मा नेपालले २ खेलको एकदिवसीय सिरिज खेलेर एकदिवसीय खेलमा डेब्यू गर्नेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?