काठमाडौं । साउनसँगै महिलाको ‘हरित महिना’ शुरु भएको छ । अधिकांश विवाहित/अविवाहित महिला तथा युवतीहरुको हातमा हरियो, रातो, पहेँलो रंगका चुरा र मेहेन्दीका आकर्षक बुट्टा देखिन थालेका छन् ।
वर्षैपिच्छे मेहेन्दीको क्रेज झनै बढ्दै गएको छ । केही वर्षअघिसम्म पनि खासै महत्त्व नदिइने हरित महिना अहिले चाडजस्तै बनेको छ ।
यसैले गर्दा उपत्यकामा मेहेन्दी लगाउँदै हिँड्नेहरुको व्यापार उकालो लाग्दै गएको छ । अरु बेला बिहे या अन्य विशेष अवसर पारेर लगाइने मेहन्दी साउनमा भने धेरैले लगाउने गर्छन् ।
काठमाडौंको मुटु मानिने असन, न्यूरोड, जमलतिर मेहन्दी लगाउनेहरु प्रशस्तै भेटिन्छन् ।
न्यूरोडमा मेहन्दी लगाइदिँदै गरेका पप्पु झा भन्दै थिए, ‘मेहन्दी लगाउन बढीमा पन्ध्र मिनेट लाग्ने हो, एउटा हातमा मेहन्दी भरेको तीन सयसम्म लिन्छु ।’
कसैलाई भने उनले बुट्टा भरेका आधारमा बढी पैसा पनि लिने गर्छन् । यतिबेला उनलाई साउनको महिना पैसा थाप्ने महिनाजस्तै भएको छ ।
साउनमा हात रंगाइएका केही तस्वीर लोकपथकर्मी विनोद थापाले खिचेका छन्ः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया