एजेन्सी : अमेरिकाले विदेशी कार र गाडीका पार्टपुर्जामा नयाँ महशुल थपे उसले पनि जस्ताको तस्तै जवाफ भेट्ने देखिएको छ ।
युरोपेली युनियन, मेक्सिको र क्यानाडाले अमेरिका विरूद्ध यस्तो चेतावनी दिएका छन् ।
अमेरिकाको राष्ट्रपति कार्यालयले विदेशी कार र पार्टपुर्जामा नयाँ महशुल थप्ने सोच बनाइरहेका बेला यी देशहरूबाट यस्तो चेतावनी सार्वजनिक भएको हो ।
अमेरिकी अधिकारीहरूले राष्ट्रिय सुरक्षाका आधारमा करहरू सिफारिश गर्ने विषयमा परीक्षण गरिरहेका बेला यी देशहरूले बिहीबार यस्तो चेतावनी दिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे अनुसन्धान गर्न वाणिज्य विभागलाई आदेश दिए । यो आदेशले अमेरिका विरूद्ध धेरै विरोधीहरू जन्माउने देखिएको छ ।
यो अनुसन्धानका बारेमा २ हजार भन्दा बढी टिप्पणीहरू व्यक्त भएका छन् । ती मध्ये प्रमुख अमेरिकी कार निर्माता कम्पनी जेनरल मोटर्सका प्रतिक्रियाहरू रहेका छन् ।
कम्पनीले यसबाट कारको पार्टपुर्जाको मूल्य बढाउने चिन्ता व्यक्त गरेको छ ।
गत वर्ष अमेरिकाले २ खर्ब अमेरिकी डलरब बराबरको विदेशी कार र ट्रक पैठारी गरेको थियो ।
ती मध्ये करिब ८० प्रतिशत मेक्सिको, क्यानाडा, जापान र जर्मनीबाट आयात गरिएका थिए ।
बीएमडब्लु र टोयोटाजस्ता विदेशी कार कम्पनी अमेरिकी उद्योगहरूमा धेरै रोजगार दिने कम्पनीको रूपमा रहेका छन् ।
हरेक १ खर्ब अमेरिकी डलर बराबरको गाडी अमेरिका प्रवेश गर्छ ।
अमेरिकाले नयाँ महशुल २५ प्रतिशतले बढाए औसत गाडीको मूल्य ६ हजार अमेरिकी डलर बढने र अमेरिकामा बनेकामा २ हजार अमेरिकी डलर बढने देखिएको कारकम्पनीहरूले जनाएकाछन् ।
पीटर्सन इन्स्टिच्युट फर इन्टरनेशनल इकोनोमिक्सले नयाँ महशुल थप्ने वित्तिकै १ लाख ९५ हजार अमेरिकी रोजगार गुम्ने चेतावनी दिएको छ ।
अरू देशले अमेरिकाले महशुल थपेजस्तै नथपेको अवस्थामा यो रोजगारी गुम्ने चेतावनी दिएको हो ।
ट्रम्पको महशुल बढाउने नीतिको व्यापक विरोध भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया