एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदरमा गरेको बृद्धिप्रति अप्रशन्नता व्यक्त गरेकाछन् ।
उनले भने “आफू ब्याजदर बृद्धिबाट खुशी छैन् ।”
ट्रम्पले ब्याजदर बृद्धिले अमेरिकालाई नोक्सानीमा पार्छ र यसको तीव्र आर्थिक बृद्धिलाई कुल्चिदिने आक्रोश व्यक्त गरे ।
तर उनले फेडरल रिजर्भका अधिकारीहरूलाई फिर्ता लिन भने भनेका छैनन् ।
उनले भने “ उनीहरूलाई जे सर्वोत्तम सोच्छन् त्यसो गर्न दिउँ ।” फेडले यो वर्ष ब्याजदर दोब्बर पारेको छ ।
फेडरल रिजर्भका अध्यक्ष जेरोमी जे पावेललाई ट्रम्पले नै यो वर्षको शुरूमा नियुक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया