मानसिक स्वास्थ्यकारण अस्ट्रेलियाली अर्बपतिले २२ कम्पनीका जिम्मेवारी छाडे

एजेन्सी : अस्ट्रेलियाली अर्बपति जेम्स प्याकरले हालैका साताहरूमा २२ कम्पनीको नेतृत्वदायी भूमिका त्याग गरेका छन् ।

मानसिकरूपमा समस्या भएको थाहा पाएपछि उनले यस्तो निर्णय गरेका हुन् ।

जिम्मेवारी छाड्ने निर्णय मार्च महिनामा देखिएको थियो ।

उनले आफ्नो धेरै शेयर भएको कम्पनी क्राउन रिसोर्टको बोर्डबाट राजीनामा दिएका थिए ।

४.१ अर्ब सम्पत्तिका मालिक ५० वर्षीय प्याकर अस्ट्रेलियाका उच्च व्यापारी समूहमा पर्छन् ।

सन् २०१७मा गायक मारिह केरीसँग सम्बन्ध तोडेका थिए ।

सन् २०१६मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको काण्डमा मुछिएपछि उनको व्यावसायिक गतिविधिमा उथलपुथल आएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?