अमेरिका। प्रि—सिजनको यात्रामा रहेको इंग्लिस क्लब म्यान्चेस्टर यूनाइटेड बराबरीमा रोकिएको छ ।
इरिजोनास्थित फाइनेक्स स्टेडियममा शुक्रबार बिहान सम्पन्न पहिलो मैत्रिपूर्ण खेलमा म्यान्चेस्टर युनाइटेडले क्लब अमेरिकलाई एक—एक गोलको बराबरीमा रोकेको हो ।
अमेरिका भ्रमणमा रहेको प्रशिक्षक जोसे माउरिन्होको टोलीमा थु्रपै चर्चित खेलाडीहरु छैनन् । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोल रहित बराबरीमा रोकिएका थिए ।
क्लब अमेरिका लागि खेलको ५९ औ मिनेटमा हेन्री मार्टिनले गोल गर्दै क्लबलाई सुरुवाती अग्रता दिलाए । उनले एन्टोनियो लोपेजले दिएको पासलाई सदुपयोग गर्दै हेडमार्फत गोलपोस्टको जाली चुमाएका ।
मार्टिनले गोल गरेपछि निक्कै आक्रामक खेल खेलेको म्यान्चेस्टर यूनाइटेडका लागि जुवान माटाले गोल गदै खेललाई बराबरीको स्थितीमा पुर्याए ।
निर्धारित समयसम्म दुवै क्लबले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल एक—एक गोलको बराबरीमा सकियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया