भारतका प्रधानमन्त्री नरेन्द्र मोदीमाथि अविश्वासको प्रस्तावमाथि छलफल शुरु भएको छ । भारतको लोकसभामा यसको चर्चा शुरु भइसकेको छ । मोदी सरकारको चार वर्षको कार्यकालमा पहिलोपटक अविश्वासको प्रस्ताव लागेको हो ।
अविश्वासको प्रस्तावमाथि पूरै दिन बहस हुने भएको छ, त्यसपछि मतदान हुनेछ । केन्द्रीय सरकारले मोदीले बहुमत पाउने आशा गरेको छ ।
नरेन्द्र मोदीले ट्वीटरमा लेखेका छन्, ‘आज संसदीय लोकतन्त्रका लागि अहम् दिन हो, मलाई विश्वास छ कि, मेरा साथीहरुले यो मौकालाई सुनिश्चित गर्दै रचनात्मक, व्यापक र व्यवधानरहित बहस गर्नेछन् ।’
भारतको लोकसभामा ५ सय ३४ सांसद छन् । मोदीले बहुमत ल्याउनका लागि २ सय ६८ सांसदले उनको पक्षमा भोट गर्नुपर्ने हुन्छ । केही पार्टीका सांसदले भने समर्थन गर्ने बताइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया