जाह्नवीको ‘धडक’ रिलिजसँगै श्रीदेवीसँग तुलना

मुम्बई । बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरको फिल्म ‘धडक’ रिलिज भएको छ । नेपालमा पनि यो फिल्मले प्रायः मल्टिप्लेक्सलाई पकडमा लिएको छ । फिल्मका प्रतिक्रिया पनि आइरहेका छन् । ईशान र जाह्नवीको अभिनयलाई धेरैले रुचाएका छन् तर कहानी खासै रुचाएका छैनन् ।

यो फिल्म मराठी फिल्म ‘सैराट’ को हिन्दी रिमेक हो ।

यही फिल्मका कारण दर्शकले जाह्नवी कपूरलाई आफ्नी माता श्रीदेवीसँग तुलना गरिरहेका छन् । जब जाह्नवी फिल्म ‘धडक’ को शूटिङ गरिरहेकी थिइन्, त्यो समय श्रीदेवीको निधन भइरहेको थियो ।

तर जाह्नवीले त्यो मुस्किल समयमा पनि आफूलाई कमजोर बनाइनन् । उनले आफ्नो फिल्मको शूटिङ पूरा पनि गरिन् ।

जाह्नवीका लागि ‘धडक’ को यात्रा सजिलो पनि थिएन । श्रीदेवी आफ्नी छोरीलाई फिल्ममा हेर्न निकै उत्साहित थिइन् तर त्यस्तो हुन पाएन ।

‘धडक’ फिल्मले प्रतिक्रिया राम्रो पाइरहेको छ । तर श्रीदेवीको पहिलो फिल्म ‘सोलवा सावन’ पूरै तरिकाले फ्लप भएको थियो ।

आमा छोरीका डेब्यु फिल्मको एउटा समानता के हो भने दुवै रिमेक फिल्म हुन् ।

‘सोलवा सावन’ का निर्देशक भारतीराजाले आफ्नो एक इन्टरभ्युमा भनेका छन्, ‘बलिउड र दोस्रो फिलममा कैयन् कलाकार आउँछन् तर जान्छन् किनकि, उनीहरुलाई आफ्नो पहिचान बनाउन सक्दैनन्, तर श्रीदेवी त्यस्ती कलाकार थिइन्, उनले जुन फिल्ममा काम गर्थिन्, त्यो फिल्म हिट हुन्थ्यो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?