काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको बुढानिलकण्ड नगरपालिकाको हात्तिगौंडामा आफ्नो शाखा विस्तार गरेको छ ।
हात्तिगौंडा शाखाको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ र बुढानिलकण्ठको मेयर उद्धवप्रसाद खरेलले गरेका हुन् ।
शाखा उद्घाटन पश्चात् बैंकको काठमाडौं उपत्यकामा १२ शाखा र ६ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखा र २ वटा एक्सटेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ सेवा गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको बैंकले जनाएको छ ।
शाखा उद्घाटनका क्रममा बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमलगायतको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया