लिभरपुलले एलिस्सनलाई बनायो विश्वकै महंगो ‘गोलकिपर’

काठमाडौं। ब्राजिलियन ‘गोलकिपर’ एलिस्सन इंग्लिस क्लब लिभरपुलमा आबद्ध भएसँगै विश्वभरि नै चर्चा चलेको छ ।

कारण, एलिस्सन बने विश्वकै सर्वाधिक रकम लिने ‘गोलकिपर’ । 

नेपालीमा एउटा उखान छ । ‘प्रतिक्षाको फल मिठो हुन्छ’ यहि कुरा एलिस्सनमा लागु भएको छ । उनले १५ वर्षसम्म फुटबलमा गरेको कडा परिश्रम र लगाब खेर गएको छैन् ।

सन् २००२ बाट फुटबल खेल्न शुरु गरेका उनी २०१८ सम्म आइपुग्दा एक सफल खेलाडी त छदैछ, सर्वाधिक महंगो खेलाडी पनि बन्न सफल भएका छन् । 

उनले इंग्लिस क्लब लिभरपुलसँग सर्वाधिक ६६ दशमलब ८ मिलियन पाउण्ड लिदैं सो नयाँ रेकर्ड बनाएका हुन् । 

‘प्रतिक्षाको फल मिठो हुन्छ’ यहि कुरा एलिस्सनमा लागु भएको छ । उनले १५ वर्षसम्म फुटबलमा गरेको कडा परिश्रम र लगाब खेर गएको छैन् ।'

इटालियन क्लब रोमाबाट एलिस्सनले लिभरपुलसँग ६ वर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उनले सन् २०१६ देखि रोमाबाट व्यवसायिक खेल खेल्दैं आएका थिए । 

‘मेरो लागि यो खेल जिवनकै अमुल्य क्षण हो । लिभरपुलसँग खेल्न र जोडिन पाउदा निक्कै गर्व महसुस गरिरहेको छु।’ उनले थपे ।

 लिभरपुलबाट खेल खेल्ने मौका पाउदा वर्षैदेखिको सपना पुरा भएको एलिस्सनले बताए । साथै, इजिप्टका फरवार्ड मोहम्मद सलाहसँग पुनः मैदान सेयर गर्न पाउदा खुशी व्यक्त गरे । सलाहले गतसिजनको इंग्लिस प्रिमियर लिगको ‘गोल्डेन बुट’ अवार्ड जितेका थिए । 

एलिस्सनले रसियामा सम्पन्न २१ औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिता पनि खेलेका थिए । तर पाँच पटकको विश्व च्याम्पियन ब्राजिल क्वार्टरफाइनलमा बेल्जियमसँग २—१ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । 

‘एलिस्सनको आगमनले क्लबमा छुट्टै रौनक थपेको छ । उनले विश्वकै महंगो गोलरक्षकको छाप लगाइसकेको छ । अब एलिस्सनले आगामी खेलमा राम्रो प्रर्दशन गर्नेमा हामी ढुक्क छौं।’

२५ वर्षिय एलिस्सनले रोमाबाट दुई वर्षसम्म खेल खेले । उनले इटालियन लिग ‘सिरी ए’ बाट ३७ खेल खेलेका थिए । 

यता लिभरपुलका म्यानेजर जुर्गेन क्लोपले एलिन्सन उत्कृष्ट गोलकिपर भएको बताए । ‘एलिस्सनको आगमनले क्लबमा छुट्टै रौनक थपेको छ । उनले विश्वकै महंगो गोलरक्षकको छाप लगाइसकेको छ । अब एलिस्सनले आगामी खेलमा राम्रो प्रर्दशन गर्नेमा हामी ढुक्क छौं।’ उनले भने । 

लिभरपुलले एलिस्सनलाई चौंथो खेलाडीका रुपमा क्लबमा भित्राएका हुन् । यसअघि ब्राजिलकै मिडफिल्डर फाबिन्होलाई ४० मिलियन पाउण्डमा क्लबमा आबद्ध गराएका थिए ।

त्यस्तै, गिनीका २३ वर्षिय मिडफिल्डर नाबि केइटालाई क्लबमा ल्याए । उनलाई क्लबले ४८ मिलियन पाउण्डमा आबद्ध गराएका हुन् । 

यता लिभरपुलमा तेस्रो खेलाडीका रुपमा आबद्ध हुने खेलाडी हुन्, स्विट्जरल्याण्डका जार्द साकिरी । उनलाई लिभरपुलले १३ मिलियन पाउण्डमा क्लबका भित्राएका हुन् । 

को हुन् एलिस्सन?

सन् १९९२ मा ब्राजिलको नोभो हामबुर्गोमा जन्मिएका एलिस्सनको पुरा नाम एसिस्सन राम्सेस बेकर हो । १० वर्ष देखि फुटबल खेल्न शुरु गरेका उनले सन् २००२ देखि अन्तराष्ट्रिय एकाडेमीमा आवद्ध भएका थिए ।

सन् २००९ मा ब्राजिलको यू—१७ मा डेब्यु गरेका एलिस्सनले टिमबाट ९ खेल र सन् २०१३ मा यू—२३ मा डेब्यु गर्दै ५ खेल खेलेका थिए ।

सन् २०१३ देखि २०१६ सम्म इन्टरन्याकिनल क्लबबाट खेल खेले । त्यसलगतै, सन् २०१६ देखि इटालियन क्लब रोमाबाट व्यवसायिक खेल खेल्दै आएका उनी आज मात्रै लिभरपुलमा आबद्ध भएका हुन् । 

विश्वका सर्वाधिक महंगा ‘गोल किपर’

सन् २००१ मा इटालीका गोल किपर निक्कै चर्चामा आए । विश्वकै सर्वाधिक धेरै रकम लिने गोलकिपर इटालीका जाइनलुजी बुफोन थिए ।

उनले पार्माबाट युभेन्टसमा आवद्ध हुँदा ५३ मिलियन युरो लिदैं रेकर्ड बनाएका थिए । सन् १९९५ देखि २००१ सम्म पार्माबाट उनले १ सय ६८ तथा युभेन्ट्सबाट ५ सय ९ खेल खेलेका थिए ।

सन् १९९७ देखि राष्ट्रिय टिमबाट खेल्न शुरु गरेका बुफोनले टिमबाट १ सय ७६ खेल खेलका छन् । ४० वर्षे बुफोन अहिले पनि राष्ट्रिय टिमबाट खेल खेलिरहेका छन् । 

यता ब्राजिलकै गोलकिपर एन्डरसनले इंग्लिस क्लब म्यान्चेस्टर सिटीमा आबद्ध हुँदा ३५ मिलियन पाउण्ड लिदा पनि सर्वत्र चर्चा भएको थियो । २४ वर्षे युवा खेलाडी यति धेरै रकममा कसरी सिटीमा गए भन्ने कुरा सबै समर्थकको चासोको विषय बनेको थियो ।

तर अन्ततः युवा खेलाडी एन्डरसनले नयाँ रेकर्ड बनाएका थिए । अहिले पनि सिटीबाट खेल खेलिरहेका उनले ३६ खेलमा सहभागिता जनाइसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?